Logo

यस्ता पो ठेकेदार, ३ वर्षको ठेक्‍का सम्झौता डेढ वर्षमै पुरा, विकास निर्माणको काम अलपत्र पारेको कुराले चर्चा तर खोइ ३ वर्षको ठेक्‍का सम्झौता डेढ वर्षमै पुरा

दाङ – निर्माण व्यवसायीहरुले विकास निर्माणको काम अलपत्र पारेको कुराले चर्चा पाइरहेको बेला दाङमा भने सम्झौता भएको मिति भन्दा सात महिना पहिले काम पुरा गरि पुल संचालनमा आएको छ। तुलसीपुर घोराही सडक खण्डको ग्वार खोलामा बनेको पक्‍किपुल सम्झैता सकिने सात महिना पहिले नै निर्माणको जिम्मा लिएको कम्पनिले सात महिना पहिले नै निर्माण पुरा गरको छ ।

कालिका रसुवा जेवीअन्तर्गत रसुवा कन्ट्रक्सन प्रालीले पुल निर्माणको काम पुरा गरेको हो । २०७४ साल असार ११ गते तीन वर्षे सम्झौता गरेको रसुवाले २०७४ माघ २२ गते देखि पुल निर्माणको काम सुरु गरेको कन्टक्सनका प्रतिनिधिले बताएका छन् । उनले काम सुरु गरेको २४ महिनामा निर्माण पुरा गरि पुल सञ्चालनमा समेत ल्याइसकेको बताएका छन् ।ग्वारखोला पुल पुसको पहिलो हप्तादेखि सञ्चालनमा आएको छ।

सडक विभाग पुल महाशाखा सेक्टर नं ३ नेपालगञ्ज अन्तरगत निर्माण थालिएको पुलको लागत २८ करोड ३८ लाख रुपैयाँ रहेको र अहिले पुलको काम पुरा भएको महा शाखाका इन्जिनियर विश्व केसीले बताएका छन् । उनले निर्माण कम्पनीले तोकेको समय भन्दा सात महिना पहिले नै निर्माणको काम पुरा गरि भुक्तानीको प्रक्रिया बढाएको बताएका छन् ।

दक्ष जनशक्ति र २४सै घण्टा गुणस्तरीय काम गर्दा समयमै निर्माण पुरा गर्न सकिएको निर्माण कम्पनिका प्रतिनिधि श्रेष्ठले बताएका छन् । नियमित र लगनशील भएर कम्पनिहरुले काम गरेरमा विकास अलपत्र नपर्ने उनले बताए । दाङमा तोकेको समय सीमा भन्दा पहिले नै काम पुरा भएका केहि उदाहरणमा यी दुई पुल पनि रहेको छन्। निर्माण सुरु भएको ५-६ वर्षसम्ममा पनि केही पुल र सडक अलपत्रमा छन्।

प्रतिक्रिया दिनुहोस्