Logo

चलचित्रको छायाँकनमाको लागि नायिका सुहान थापा नेपालमा, निकै रुचाइएको अनमोल र सुहानाको जोडी…(हेर्नुहोस् भिडियो)

काठमाडौं – चलचित्र “ए मेरो हजुर ४” बन्ने भएको छ । चलचित्रमा फेरि पनि अभिनेता अनमोल केसी र सुहान थापा मुख्य भूमिका रहने पक्का भएको छ । आज चलचित्रको छायाँकनमाको लागि आज नायिका सुहान थापा नेपाल आएकी छिन् ।

चलचित्र “ए मेरो हजुर ३”बाट निकै रुचाइएको अनमोल र सुहानाको जोडी ‘ए मेरो हजुर ४’ मा पनि दोहोरिने भएको हो । अनमोलले केहि दिन पहिले नै ‘ए मेरो हजुर ४’ को लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । होम प्रोडक्सनको सिनेमामा सुहना भने यसअघि नै फाइनल भैसकेकी थिइन् । अन्य कलाकारहरु को हुने भन्ने फाइनल हुन बाँकी रहेको बताइएको छ ।

चलचित्रलाई झरना थापाले निर्देशन गर्ने छिन् भने सुनिलकुमार थापाले निर्माण गर्नेछन्। चलचित्र अब केहि दिन पछि छायाँकनमा जाने भएको छ । चलचित्रको छायाँकन नेपाल, ओमान र होल्याण्डमा हुने निर्माण टोलीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्