Logo

अर्जुन क्षेत्रीले दिउँसै ढोका फो’डेर गुण्डा लगाई मान्छे अ’पहरण गराए ! (भिडियो सहित)

आफुलाई ज्योतिष तथा फेस रिडर बताउँने अर्जुन क्षेत्री पहिले देखि नै विभिन्न प्रोपोगाण्डा गर्दै लगातार विवादमा पर्दै आइरहेका छन् । विभिन्न समयमा देशमा ठुलो भुकम्प आउँने भविश्यवाणी गरेर त्रास सिर्जना गरेपछि जेल जीवन भोगीसकेका छन् । क्षेत्रीले यस अघि पनि आफु फेस रिडर र नामुद ज्योतिष भन्दै विभिन्न अफवाह फैलाएका थिए । चर्चाका लागी अनेकौँ प्रोपोगाण्डा गर्न खप्पीस क्षेत्रीले एक पटक रिसको झोकमा आफुले पाएका सर्टिफिकेटहरु जलाएर समेत देखाएका थिए । भविश्यवाणीका नाममा अफवाह फैलाएपछि व्यापक आलोचनाको सिकार भएका थिए र भइरहेका छन् ।

अर्जुन क्षेत्रीले दिउँसै एक व्यक्तिलाई अप*हर*ण गरेको सार्वजनिक भएको छ । क्षेत्रीले काठमाडौँको किर्तिपुरमा बस्दै आएका आर्शिस रावललाई दिउँसै अप*हर*ण गरेको भिडियो बाहिरिएको हो। भिडियोमा अर्जुनसहित थप ५–७ जनाको टोलीले अप*हर*ण गरेको प्रश्ट्र देखिन्छ। रावलको घरको गेटदेखि ढोकासमेत हतौडाले फोडेको दृश्य भिडियो देख्न सकिन्छ ।

अर्जुुनले केहिदिन अगाडिमात्रै रावललाई आफ्नो नाम लिएर ठगी गरेको भन्दै रावल विरुद्ध महानगरिय प्रहरी परिसर टेकूमा मुद्दा दायर थिए । त्यस लगत्तै केहिदिन पछि रावललाई अप*हर*ण गरेका थिए । उनले विभिन्न् समयमा ठगी गरेका कुरा पनि बाहिरिने गरेका छन् ।

https://youtu.be/ylb4w39SLOo

 

प्रतिक्रिया दिनुहोस्