Logo

कठै : अस्ट्रेलियाको आ’गला’गीमा परि ५० करोड भन्दा धेरै जनावर म’रेको अनुमान !

गत नोभेम्बरमा झाडीबाट सुरु भएको आगलागीले विनाशकारी डढेलोको रुप लिएको थियो । अष्ट्रेलियाको न्यु वेल्सस्थित ३० लाख हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनायो । अष्ट्रेलियाको आगलागीले संसारभर पर्यावरणीय बहस र चिन्ता हुन थालेको छ । हालै सार्वजनिक समाचार अनुसार ४८ करोड जनावरको मृ’त्यु भएको जनाईएको थियो भने अहिले ५० करोड भन्दा धेरै जनावर म’रेको अनुमान गरिएको छ ।

सिड्नी विश्वविद्यालयमा ‘इकोलोजी’का प्राध्यापक क्रिस डिकम्यानले यस्तो रिपोर्ट सार्वजनिक गरेका हुन् । ती वन्यजन्तु आगलागीबाटै ध्वस्त भएको रिपोर्टमा उल्लेख छ । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यसरी नष्ट हुनेमा पशुपंक्षी र जनावर छन् । प्राध्यापक डिकम्यानले ‘केही चिज सम्भवतः सधैँका लागि लुप्त भएको’ प्रतिक्रिया दिएका छन् । उनका अनुसार यस क्षेत्रमा आधा करोड आदिवासी जनावर थिए ।

प्रतिक्रिया दिनुहोस्