Logo

प्रेममा असफल युवाहरुकालागि नाजिरले ल्याए प्रेम गर्ने जन्तर….(हेर्नुहोस् भिडियो)

आज भोलि नायक नाजिर हुसेनलाइ म्युजिक भिडियोमा देखिने क्रम बढ्दो छ, तर अपसोच जति पनि भिडियो गरे सबैमा उनको प्रेमले असफलता मात्रै हात पारेका छन् । गित भरी प्रेमका लागी नाजिरले राम्रै पापड बेल्न त बेल्छन् तर सफल भने हुन सकेका छैनन् । आश्चर्यको कुरा त के छ भने, प्रेममा सफल नभएता पनि नाजिरका म्युजिक भिडियो भने सफल भएका छन् । यसको मतलव नाजिरलाइ ट्राजीडी फाप्ने त होइन ? यदि त्यसो हो भने उनको हालै सार्वजनिक भएको गितपनि बम्परै हिट होला ? बिगतका उदाहारणहरुले त त्यस्तै देखाउछ |

भनि हालौ,हालै नाजिरको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको बोल छ “ प्रेम गर्ने जन्तर” । यस प्रेम गर्ने जन्तरले नाजिरसरहै प्रेममा असफलता पाएका युवाहरुलाई कत्तिको मद्धत गर्ला त ? त्यो नाजिरले जन्तर बाधेपश्चात थाहा हुने नै छ । भिडियोको संगीत र शब्दको लोक फ्लेवर र गीतको कोरियोग्राफी आकर्षक छ । साथमा नाजिरको बेजोड अभिनय र नृत्य त छदैछ ।नाजिरकासाथ तालमा ताल मिलाई सरुसा महर्जनले कम्मर मर्काएकी छिन् । यस पटक नाजिर नवमोडल सरुसाकै पछि प्रेम पार्ने जन्तर सहित लागि परेका छन् ।

भिडियोमा नाजिरको प्रेम प्रस्तावका लागि शब्द र संगीतको सिर्जना किरण पहाडीले गरेका छन् । नाजिरको भावलाइ स्वरको स्वरूप दीपक महर्जनले दिएका हुन् । कोरियोग्राफी महेन्द्र निरौला र ब्रिहस्मन सुनुवारको छ । रोशन श्रेष्ठको निर्देशनमा तयार भएको यस गित हरि घले मगरले खिचेका हुन् भने सम्पादन सुरेश बाडेले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्