Logo

कालीञ्चोकमा हिँउ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

पर्यटन वर्षको शुभारम्भसँगै दोलखाको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालीञ्चोकमा हिँउ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । दोलखाको उच्च भू-भागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै कालीञ्चोकमा हिउँ खेल्ने पर्यटकको घुइँचो लाग्न थालेको छ ।

हिमपातपछि दोलखामा हिउँ खेल्नकै लागि दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जिल्ला आउने अधिकांश पर्यटकको पहिलो रोजाइ कालीञ्चोक परेको छ । पर्यटक प्रायः कालीञ्चोकको कुरी जाने, हिउँसँग रमाउने र केबुलकार चढ्ने उद्देश्यले दोलखा आउने गरेको पाइएको छ ।

हिउँ खेल्ने पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको कालीञ्चोक क्षेत्रमा भारतीय मूलका पर्यटकको सङ्ख्या बढ्दै गएको पाइन्छ । राजधानी काठमाडौँ तथा तराईसँग सहजै छोटो दूरीमा सडक सञ्जालले जोडिएको कारण कालीञ्चोक क्षेत्रमा तराई तथा भारतीय मूलका पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको पर्यटन व्यवसायी दावा लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्