Logo

नायक पल शाह र गायक टंक बुढाथोकीको ‘रातो गुलाब’ बन्यो यस्तो….(हेर्नुहोस् भिडियो)

गायक टंक बुढाथोकीको शब्द, संगीत तथा स्वरमा “रातो गुलाब”बोलको गीत आज सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गीतमा भिडियोमा टंक सहित नायक तथा मोडल पल शाह र अन्य एक दर्जन कलाकारहरुले मोडलिङ गरेका छन् । भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

गीतमा टंक बुढाथोकी र कविता सिवाकोटीको स्वर रहेको छ । भिडियोमा टंक र पलसँगै बिना राउत, कविता स्वंयम, शोभित बस्नेत, अस्मिता सुन्दर जुरेली, रञ्जन अर्याल, अशोक दर्जी, एआर बुढाथोकी, आयुष गुरागाईं, अँशु गुरागाईं, सालिजा ओली र सेली ओली छन् । छोरा एआर बुढाथोकीको जन्मदिनको अवसर पारेर टंकले “रातो गुलाब” शुक्रबार सार्वजनिक गरेका हुन् । हेर्नुहोस् भिडियो….

प्रतिक्रिया दिनुहोस्