Logo

भगवान शिवको दर्शन गरी २०७६ पुष २८ गते सोमबारको राशिफल हेर्नुहोस्, यी ३ राशिको भाग्य चक्दिैैछआज !

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरिको यात्रा हुनेछ भने यात्राका क्रममा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । काम गर्दा निति नियमको पालना नगर्दा दण्ड तथा जरीवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कममात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ भने विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ । भौतिक सम्पति तथा द्रब्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाडिनु पर्ने हुन सक्छ ।बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा दाजुभाइसँग सामान्य कुरामा राज बाझिनेछ भने सम्यमित नभए अप्रिय भट्ना घट्न सक्छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षति हुने योग रहेकोछ । आफूलाई सहयोग परेको बेला सहयोग गर्नेहरु कमै भेटिनेछन् । पढाइ लेखाइमा प्रशस्त समय खर्चिएपनि भनेजस्तो नतिजा आउनेछैन । लगानी गर्न खोज्दै हुनुहुन्छ भने केहि समय पर्खनु नै उचित हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समाजसेवा तथा राजनीतिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईको वाैद्धिकता को सबैले सम्मान गर्नेछन् । गीत संगीत तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ ।कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक काम गरि समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाई लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशि पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापार व्यवसायमा लगानी बढाई प्रसस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधान हुने हुनाले मानसिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रंसग टाडै रहनुहोला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । विधिविधान तथा कानुन सम्बत काम गर्नुहोला दण्ड तथा जरीवाना हुने ग्रहयोग रहेकोछ ।कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा विभिन्न मनमोहक दृष्यहरु मन मुटुमा कैद गर्न सकिनेछ । पर्यटन व्यवसाय अगाल्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । सबैजना सहभागि हुने व्यापार व्यवसायमा लगानी गरि प्रशस्त नाफा कमाउन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशि रहनेछन् । साझपख समय मध्ययम रहेकोले कुनै पनि काम गर्दा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कुनैपनि प्रतिस्पर्धामा तपाईको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेकोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाईनेछ ।बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) रमाइलो भेटघाट हुने तथा स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरो धार्य गर्दै अगाडि बढ्न सके गन्तब्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानी गरिन मनग्गे आम्दानी हुनेछ भने नयाँ योजनाको रुप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावाना साटासाट गर्न पाइने हुँदा पन प्रशन्न रहनेछ । उपाहार तथा भौतिक सम्पति प्राप्तिको योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घर जग्गा तथा पैत्रिक सम्पतिमा विवाद बढ्ने ग्रहयोग रहेकोेछ भने सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घट्ना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईको प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुने हुँदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्वकांक्षाले समस्या निम्तन सक्छ ध्यान दिनुहोला । प्रेममा सामान्य विवाद बढ्नेछ ।मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) महत्वकांक्षी योजनाहरु सार्वजनिक गरि आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको विकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । घाटि सम्बन्धि समस्या ठिक भएर जानेछ । दाजुभाई तथा बन्धुबान्धबको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको ठोरो कसिलो भएर जानेछ भने जीवन साथिको भरपुर सहयोग पाईनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) तपाईको कामको धेरैले प्रसंसा गर्नेछन् भने विशिष्ट व्याक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानि बढाउन सकिनेछ । गाएन तथा संगीतको क्षेत्रमा लागि नाम कमाउनेहरुका लागि नयाँ नयाँ अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्बसँगको सम्बन्ध सुदृड भएर जानेछ ।मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ कामको खोजि गर्नेहरुले नोकरिमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानी गर्नेहरुले समयको सुक्ष्म व्याबस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेकोछ । नया प्रबृधिको प्रयोग गरि व्यापारलाई बिश्तार गर्न सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने मेहनेतले गन्तब्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्