Logo

भाेईस अफ नेपालका गायक बलबहादुरको “पछुताउनु पर्ला” बोलको गीत सार्बजनिक…(हेर्नुहोस् भिडियो)

नेपाली राजबँशी समुदायमा आफुलाई स्टारका रुपमा स्थापित गराउन सफल नाम हाे गायक बलबहादुर राजबँशी । बिगत ८ बर्ष देखि नेपाली सँगीतमा सक्रिय राजबँशीले १०० भन्दा बढि गीतमा आवाज भरि सकेका छन् भने दर्जनाैँ नेपाली गीत निकालि सकेका छन् । उनकाे चर्चा भाेईस अफ नेपाल सिजन २ मा गएपछि झन् चुलिएकाे छ ।

उनी भाेईस अफ नेपाल सिजन २ मा टप नाईन सम्म पर्न सफल हाेनहार ट्यालेन्ट हुन्। “यसपालि त बिहे गर्ने हाे ” जस्ता सफल गीत दिन सफल बलबहादुर राजबँशीले भर्खरै नयाँ गीत ” पछुताउनु पर्ला” सार्बजनिक गरेका छन् ,जसमा शब्द डा. राजुबाबु स्रेष्ठकाे रहेकाे छ भने सँगीत चर्चित सँगीतकार हरि लम्सालकाे रहेकाे छ । गीतकाे सँगीत सँयाेजन रिकेश गुरुङ्गले गरेका छन् भने क्रिस्टल क्लज क्रिउ डान्स ग्रुपकाे अभिनय देख्न सकिन्छ ।

पाेखराकाे मनाेरम दृष्यहरुमा छायाँकन गरिएकाे भिडियाे सन्देश जँग राणाले निर्देशन गरेका छन् । सबै धारकाे गीतलाई न्याय दिन सफल राजबँशीकाे याे गीत डान्सिङ्ग बिटमा रहेकाे छ। सबै दर्शकस्राेताकाे मन जित्ने कुरामा गायक राजबँशी आशावादी छन्। गीतको भिडियोलाई गायकले आफ्नै च्यानल बलबहादुर राजबँशी बाट सार्बजनिक गरेका छन । हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्