काठमाण्डौ – त्रिपुरेश्वरबाट रत्नपार्कतिर हिँड्दै गरेका सर्लाही हरिवनका शत्रुधन दास सुन्धारा पुगेपछि रोकिनुभयो । उहाँलाई एकपटक भित्र गएर हेर्न मन लाग्यो । तर काम भैरहेको ठाउँमा अनुमतिबिना जान नपाएपछि उहाँले बाहिरबाटै हेरेर चित्त बुझाउनुभयो । उहाँजस्तै सुन्धारा पुग्ने जोकोही पनि बन्दै गरेको धरहरा हेर्छन् । अनि गेटमा बसेका कामदारलाई सोध्छन् – कस्तो बन्दैछ धरहरा ? कति भयो काम ?
‘भित्र जान अनुमति चाहिने भएकाले बाहिरबाट जति देखिन्छ हेरें’ उहाँले भन्नुभयो, ‘काम भैरहेको देखेपछि खुशी लाग्यो, सुन्धारा परिसर त एक वर्षमै फेरिएछ । अबको एक दुई वर्षमा त धरहरा बन्ला नि ।
धरहरा भुईँचालोले भत्केपछि ठुटो मात्रै बाँकी थियो । अहिले यही ठुटो संरक्षण गरेर छेवैमा नयाँ धरहरा ठडिंंदैछ । धरहरा बनाउने काम सुरु भएको एक वर्ष दुई महिना बितिसकेको छ । एक वर्ष अघिसम्म काम सुरु हुन नसकेको धरहराले अहिले भने आकार लिन थालेको छ। हेर्दा हेर्दै यति छिट्यो बन्यो धरहरा, पुरा भयो धरहराको टुप्पोबाट काठमाण्डौ हेर्ने केपी ओलीको सपना…हेर्नुहोस् भिडियो….
प्रतिक्रिया