Logo

उदित नारायणका छोरा आदित्य झा र नेहा कक्कड बीच १४ फेब्रुअरीमा विवाह हुने पक्का !

काठमान्डौ – बलिउडका चर्चित गायक उदित नारायण झाका छोरा आदित्य र युवा गायिका नेहा कक्कडबीच १४ फेब्रुअरी २०२० मा विवाह हुने प’क्का भएको छ। इन्डियन आइडल–११ को कार्यक्रमको दौ’रान आइतबार राती यसको जानकारी दुबै परिवारले दिएका हुन्। भारतको च’र्चित रियालिटी सोलाई अहिले आदित्यले स’ञ्चालन गर्दै आइरहेका छन्। यही कार्यक्रममा नेहा नि’र्णायकको भू’मिकामा छिन्। आदित्यले कार्यक्रमकै दौरान धेरै पल्ट नेहासँग विवाहको प्र’स्ताव राखिसकेका थिए। नेहाका लागि उनले गीत पनि गाउने गरेका छन्।

आइतबार गे’स्टको रूपमा उदित नारायण र उनको श्रीमति दीपा तथा गायिका अलका या’ग्निक स’मावेश थिए। यति बेला नेहाले आदित्यका आमाबुवासँग आर्शिवाद लिएकी थिइन। उदित र दीपा पनि नेहा कक्कडलाई खु’ब मन पराउँछन्। कार्यक्रममा आदित्यको परिवार मात्र होइन, नेहाको परिवार पनि पुगेका थिए। आदित्यले पनि नेहाको आमाबुवासँग आ’र्शिवाद लिएका थिए। यही कार्यक्रमको बीचमा आदित्यले १४ फेब्रुअरीमा नेहासँग विवाहको घो’षणा गरे। नेहा आफ्नो आमाबुवालाई कार्यक्रममा देखेर अ’चम्मित भएकी थिइन। उनलाई कार्यक्रममा आफ्नो परिवार आउन लागेको थाहा थिएन।

प्रतिक्रिया दिनुहोस्