Logo

‘कार्टुन्ज क्रु’ टुक्रिएपछि अल्मोडाको भाइरल गीतबाट आश्मा विश्वकर्मा र सरोज अधिकारी आउट…(हेर्नुहोस् भिडियो)

संगीतकार तथा गायक अल्मोडा राना उप्रेतीको अहिले ‘एक्लै हुँदा याद आउँछ झन,कसरी बिर्सुं हाम्रा ति मिठा क्षण”बोलको गीता अहिले सबैको मनमा बसेको छ । यी शब्द प्रेमपछिको पीडालाई अनुभूत गरेर संगीतकार तथा गायक अल्मोडा राना उप्रेतीले रचेका हुन् । यी शब्दहरुमा उनको गहिरो सामिप्यता छ । प्रेम, जीवन र बिछोडमा रुमलिएर सिर्जित यी शब्दले संगीतकार अल्मोडाको जीवनको एउटा बेग्लै समयको आभास गराउँछ । जसरी शब्दले कसैको प्रेम वा बिछोडलाई झल्काउँछ, त्यसरी नै संगीतकार अल्मोडाको जीवनलाई पनि दर्शाउँछ।

पीडामा जन्मेका शब्दले सायद धेरैको पीडा बोल्ने भएकैले होला उनको गीतले दर्शकको मनछुन सफल भयो । प्रेमिल जिन्दगी बिताइरहेका संगीतकार अल्मोडाको मन यसरी टुक्रा टुक्रा भयो कि उनी अहिले ती क्षण सम्झँदा पनि भक्कानिन्छन् । एक सफल संगीतकार जसले धेरैको पीडा र खुसीमा आफ्नो सृजनालाई जन्मायो, दर्शकमाझ लग्यो । तर, अहिले आफ्नै पीडालाई शब्द शब्द उनेर गीत बनाए, त्यही गीतमा संगीत र स्वर भरे अनि आफ्ना स्रोता र दर्शकमाझ लगे, जसलाई सबैले मन पराइदिए ।

अहिले अल्मोडाको गीत कहिले आउने हो भनेर पर्खेर बस्नेहरुको जमात बडी छ । उनको गीतहरुमा फरक किसिमका शब्द हुन्छ सबैले गुनगुनाउने खालको त्यसैले पनि अल्मोडाको सबै गीतहरु दर्शकले मन पराइदिएका छन् । अहिले सार्वजनिक गीतमा’कार्टुन्ज क्रु’का आश्मा विश्वकर्मा र सरोज अधिकारीलाई अभिनय गराउने सोचमा थिए । तर ‘कार्टुन्ज क्रु’को विवादको कारण अभिनय नगराएको बताए । अनलाईनटिभीनेपाल गायक अल्मोडा राना उप्रेतीको बिगत सम्मलाई यस अन्तर्वार्तामा देखाउनु खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस्