Logo

खुशीको खबर: फुल चार्जमा एक हजार किलोमिटर गुड्ने बिजुली बस नेपाल भित्रदै‌

एक पटक चार्ज गर्दा एक हजार किलोमिटर गुड्ने बिजुलीबस नेपाल भित्रने भएको छ। विद्युतीय सवारीसाधन निमार्ता कम्पनी ‘ब्रिजसन’को नेपालको लागि आधिकारिक वितरक हिमालय मोटरोक्सले यो बिजुली बस नेपालमा भित्र्याउन लागेको हो।

करिब २ महिनामा नेपालमा गाडीकाे बिक्री वितरण सुरु हुने कम्पनीका म्यानेजिङ डाइरेक्टर सौरभ थापाले जानकारी दिए। उनका अनुसार ३६ सिट क्षमताको यो बस चार्ज गर्न फास्ट चार्जरले ४ घण्टा र सामान्य चार्जरले ८ घण्टा लाग्ने छ। यो बसले फुलचार्जमा १ हजार किलोमिटर गुड्ने विश्व रेकर्ड समेत कायम गरेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्