काठमाडौं । चलचित्र ‘पच्चीस पच्चीस’को शुभ मुहूर्त सम्पन्न भएको छ। बुधबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गर्दै चलचित्रको शुभ मुहूर्त गरिएको हो।
शुभ मुहूर्त पूजामा चलचित्रका कलाकार, निर्माता तथा निर्माण टिमको उपस्थिति रहेको थियो।
चलचित्रमा अभिषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी र निशा गौतमलगायत कलाकारहरूको अभिनय रहनेछ।
यस चलचित्रमार्फत दार्जिलिङका चर्चित हास्य कलाकार तथा कन्टेन्ट क्रिएटर अमित सुब्बा (भक्ते भाइ) ले अभिनयमा डेब्यु गर्दैछन्। उनको डेब्युलाई चलचित्रको एक विशेष आकर्षणका रूपमा हेरिएको छ।
शुभ मुहूर्तसँगै चलचित्रको निर्माण कार्य औपचारिक रूपमा अघि बढेको छ।

















प्रतिक्रिया