Logo

बालुवाटारमा ओली, प्रचण्ड र देउवाको जमघट, मेलमिलापमा नेकपा र कांग्रेसका नेताको शुक्रबार छलफल

३ माघ, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तारुढ नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुको जमघट भएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी छलफल गर्न नेकपा र कांग्रेसका नेताहरु शुक्रबार बिहानै भेला भएका हुन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, सुवास नेम्वाङलगायतका नेताहरु सहभागी छन् ।

यसैबीच, सत्य निरुपण सम्बन्धी छलफल सकिएपछि ओली र प्रचण्डबीच सभामुख चयनबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्