Logo

निश्चल बस्नेतकाे जन्मदिनमा श्रीमती स्वस्तिमा खड्काले दिइन् यस्ताे सप्राइज, के दिइन् त उपहार…(हेर्नुहोस् भिडियो)

काठमाडौं – निर्देशक निश्चल बस्नेतको आज जन्मदिन । १९८० जनवरी १७ तारिखका दिन उनको काठमाडौंमा जन्म भएको थियो । यस आधारमा आज उनी आफ्नो ४०औं जन्मदिन मनाएका छन् । बस्नेत नेपाली चलचित्र क्षेत्रका लोकप्रिय निर्देशक, निर्माता, गायक र अभिनेता हुन् । उनी राम्रा गीतकारका साथै नृत्य निर्देशक पनि हुन् ।

बस्नेत २००९ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । चलचित्र लूटको सफलताले उनलाई पछाडि फर्केर हेर्नुपरेको छैन् । लूट २०१२ मा प्रदर्शनमा आएको थियो । त्यसपछि उनले टलकजंग भर्सेस टुल्के र लूट २ को निर्देशन गरे । निश्चल बस्नेतले नायिका स्वस्तिमा खड्कालाई जीवनसाथी बनाएका हुन् । पछिल्लो समय उनी निर्देशनभन्दा पनि अभिनयमा व्यस्त हुन थालेका छन् । हेर्नुहोस् निश्चल बस्नेतकाे जन्मदिन सेलिबेसनको भिडियो….

प्रतिक्रिया दिनुहोस्