Logo

दुखत खबर: संसारकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापाको पोखरामा निधन

काठमाडौँ – संसारकै होचो व्यक्तिको कीर्तिमान बनाएका बागलुङका खगेन्द्र थापा मगरको निधन भएको छ । २०६७ असोज २८ मा विश्वकै होचो व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखाएर नेपालको नाम संसारलाई चिनाएका विश्वकै होचा ब्यक्ति थापाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा आज दिउसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

२०४९ असोज १८ मा जन्मिएका खगेन्द्रको जन्मदाँ तौल जम्मा ६ सय ग्राम मात्र भएको र अहिले उनको तौल ५ दशमलव ५ केजी भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले बताए। खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाका अनुसार बिहीबार अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको र निमोनियाका कारण उनको निधन भएको हो । पोखराको सृजनाचोकमा बस्दै आएका थापाले १८ वर्षको उमेरमा गिनिज बुकमा नाम लेखाएका थिए।

प्रतिक्रिया दिनुहोस्