Logo

रहेनन् विश्वकै होचो व्यक्तिको रेकर्ड बनाएका खगेन्द्र…(हेर्नुहोस् भिडियो)

कुनै समय विश्वकै होचो व्यक्तिको रेकर्ड बनाएका खगेन्द्र थापामगरको निधन भएको छ। थापामगरको मुटुमा समस्या देखिएपछि उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियो। अस्पतालका अनुसार उनलाई निमोनिया भएको थियो भने मुटुमा पनि समस्या देखापरेको थियो।

बाग्लुङमा जन्मिएका खगेन्द्र ६७ दशमवल ०८ सेन्टिमिटरका मात्र थिए। तर खगेन्द्रको विश्वकै होचो व्यक्तिको रेकर्ड नेपालकै चन्द्रबहादुर डाँगीले तोडेका थिए।

डाँगीको उचाई मात्र ५४ दशमवल ६ सेन्टिमिटर थियो। डाँगीको मृत्यु २०७२ भदौमा भएको थियो। अहिले विश्वकै होचा व्यक्तिको रकेर्ड फिलिपिन्सका जुनरे बालाविङको नाममा छ।

उनी ५९ दशमवल ९३ सेन्टिमिटरका छन्।

सन् १९९२ को अक्टोबर १४ मा पोखरामा खगेन्द्र २७ वर्षका थिए। उनी जन्मँदा केवल हातमा अट्ने मात्र थिए। ‘ऊ जन्मँदा हातमा अटाउने थियो। उसलाई सानोमा नुहाउन समेत समस्या हुन्थ्यो’, खगेन्द्रका बुबा रूपबहादुर थापामगरले गिनिज वर्ल्ड रेकर्डसँग भनेका थिए। खगेन्द्र मादल बजाउन सिपालु थिए।

प्रतिक्रिया दिनुहोस्