Logo

घा’टमा ज’लाउन ठिक्क पारिएको महिलाको श’व एक्कासी प्रहरी नियन्त्रणमा, श्रीमान् पक्राउ…(हेर्नुहोस् भिडियो)

विराटनगर – विराटनगर– ८ सिंघिया घा’टमा जलाउन ठिक्क पारेको महिलाको श’व प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका– ८ कि २८ वर्षकी प्रेमदेवी साहको श’व प्रहरीले नियन्त्रणमा लिएको हो ।शाहको मृत्यु शं’का’स्पद भएको उजुरीपछि प्रहरीले श’व नियन्त्रणमा लिएको हो । साहको मृत्यु भएको खबर टोलका मानिसलाई थाहा थिएन । बिहीबार बिहान मृत्यु भएको खबर माइती पक्षसम्म पुग्यो ।

केही छिमेकी र आफन्त श’व लिएर सिंघिया घा’टतर्फ जाने तयारी गर्दै थिए । बिहान सूचना पाएका बराहक्षेत्र नगरपालिका– ४ कालाबञ्जार घर भएका दाजु राजु साह घ’टनास्थल पुगेर बहिनीको श’वलाई हेर्दा घाटीमा चो’ट देखे । सोधखोज गर्दा कसैले पनि जवाफ नदिएपछि उनले प्रहरीलाइ खबर गरे । केही छिमेकी र आफन्त श’व लिएर विश्वकर्मा चोकपूर्व रहेको सिंघिया घाटतर्फ लागे । श’वलाई चि’तामा राख्ने तयारी हुँदै गर्दा प्रहरी टोली पुग्यो र श’व नियन्त्रणमा लियो।

श’व नियन्त्रणमा लिएर पो’ष्टमा’र्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको छ । मृ’तक महिलाको घाँटीमा चो’ट देखिएको र मृत्युबारे श्रीमानको जवाफ पनि शं’कास्पद पाइएकाले मृतक महिलाका श्रीमान गोविन्द साहलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रंमुख एसपी विश्व अधिकारीले बताए । मृ’तक महिलाको १२ वर्षअघि विराटनगर ८ बलुवाहीका गोविन्द साहसँग विवाह गरेका थिए । उनीहरुको ८ र १० वर्षका दुई छोराहरु छन् ।

प्रतिक्रिया दिनुहोस्