Logo

पापी पिताको कस्तो घिनलाग्दो हर्कत: पिताले आफ्नै छोरीलाई नेपालगञ्जको होटलमा लगेर बलात्कार गरेपछि…,आफ्नै १८ वर्षीया छोरीलाई यातना दिएर जबरजस्ती करणी गर्दै

गुलरिया जिल्ला प्रहरी कार्यालय बर्दियाले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ । विगत केही महिनादेखि आफ्नै १८ वर्षीया छोरीलाई यातना दिएर जबरजस्ती करणी गर्दै आएको आरोपमा ४० वर्षीय एक पुरुषलाई मधुवन नगरपालिका–६ नेपाल–भारत सीमा नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत मंगलबार मात्रै भारतको ब्याङ्लोरबाट नेपाल फर्केर नेपालगञ्ज बजारको न्यूरोडस्थित एक होटलमा राखेर डर–धम्की देखाउँदै पुनः जबरजस्ती करणी गरेपछि पीडितले उजुरी गरेकी थिइन् । यसरी पटक-पटक आफ्नै बुबाले जबरजस्ती करणी गरेको भन्ने पीडितको उजुरीपछि प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । अहिले यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्