Logo

“प्रहरीबाट ‘तँ-तँ, म-म’ हुनु नौलो कुरा होइन, बिचरी आस्थाजीलाई नौलो लागेछ”:करिश्मा मानन्धर

काठमाडौँ – चर्चित नायिका करिश्मा मानन्धरले नेपाल प्रहरीबाट ‘तँ-तँ, म-म’ हुनु कुनै नौलो नभएको बताएकी छन्। गायिका आस्था राउतले प्रहरीबाट ‘तँ-तँ, म-म’ र दुर्व्यवहारको आरोप लगाएको बारे टिप्पणी गर्दै नायिका मानन्धरले सामाजिक संजाल मार्फत यस्तो बताएकी हुन्।प्रहरीबाट हुने यस प्रकारको व्यवहार सबैले भोग्ने गरेको उनले सामाजिक संजालमा उल्लेख गरेकी छन् । यो अनुभव आफूले भोगेर वाक्क भइसकेको भएपछि गायिका राउतका लागि भने नौलो हुन पुगेको उनको बुझाई छ।

कामको तनावका कारण प्रहरीबाट यस्तो व्यवहार हुने गरेको हुँदा आफूहरुले प्रतिक्रिया नजनाउनेगरेको मानन्धरले फेसबुकमा लेखेकी छन्। उनको स्टाटस यस्तो छः असभ्य भाषा बोल्ने अधिकार कसैलाई छैन् । पुलिस पनि नेपाली मानिस हुन् । दिनभरी दिक्क लाग्ने कामले वाक्क छन् होला । तर, भाषाको प्रयोग गर्दा ध्यान पुर्याउनु होला । बिचरा गायिकाजीको नयाँ अनुभव भएछ । यो त हामीले सहेर उनिहरुलाई नै वाक्क पारेको चिज हो ।भाषाको साथसाथै सुधार्नु पर्ने केही उदाहरण, ट्राफिकले इन्टरसेक्सनमा कसको अधिकार पहिलो हुन्छ ? मुख्य सडकको पहिलो अधिकार हुन्छ ।

अनि हाम्रो जस्तो गल्ली गल्ली भएको ठाउँमा पहिलो प्राथमिकता मुल बाटोको सवारी साधनको हुन्छ । त्यो थाहा छैन । गल्लीको टुप्पोमा राख्नुस् लेखेर–‘पूरै रोक्नुस्, हेर्नुस्, अनी जानुसु’ । अर्को नियम कमसेकम १०० मिटर थाहा हुनुपर्छ, इन्डिकेसन कता जानी भनेर त्यो खोइ ? त्यती सामान्य नियम थाहा छैन तपाईहरुलाई ?अनि होला आवेगमा आस्थाले केही त्रुीट बोल्ने समयमा गरिन होला । तर, के नेपाल पुलिस बाट ‘तँ’ नखाने कोही छौ ? त्यो पनि बिना कारण ? हामी त यो कामको स्ट्रेस हो भनेर हाँसेर छोडिदिन्छौ । तर, अब केटाकेटीले रियाक्ट गरिन् । त्यही हो ।’

प्रतिक्रिया दिनुहोस्