Logo

नेहा कक्कड र आदित्य नारायणको बिहे हुने पक्का , हेर्नुहोस् कहिले !

भारतीय गायिका नेहा कक्कड र आदित्य नारायणको बिहेको चर्चा चलिरहेको छ। यो चर्चा चलाउने उनीहरूका परिवार नै हुन्।

‘इन्डियन आइडल’मा जजका रूपमा आएकी नेहा र उद्घोषक आदित्य नारायणको बिहे हुने कुरा कार्यक्रमको मञ्चमै सार्वजनिक गरिएको थियो।

कार्यक्रममा उपस्थित नेहा र आदित्यका परिवारले दुईको बिहे यही फेब्रुअरी १४ मा गर्ने समेत बताएका थिए।

यसपछि नै दुई कलाकारको बिहेको कुराले चर्चा पाइरहेको छ।

यही क्रममा यी दुईको बिहेबारे आदित्यका बुवा उदित नारायणले पनि प्रतिक्रिया दिएका छन्।

उदितले नवभारत टाइम्सलाई दिएको अन्तर्वार्तामा भनेका छन्- मेरो घरमा बुहारीका रूपमा कोही महिला गायक आउँछिन् भने मलाई धेरै खुसी हुनेछ।

उनले थप भनेका छन, ‘नेहा मायालू केटी छन्। धेरै राम्रो गाउँछिन् पनि। मलाई नेहा मनपर्छ। म मात्रै होइन, उनलाई मनपराउने लाखौं छन्। उनले आफ्नो नाम आफैं बनाएकी छन् र म प्रायः उनका गीत सुन्छु।’

उदित नारायण आदित्य र नेहाका बारेमा धेरै जानकारी भने नभएको बताएका छन्। उनले दुई जना सम्बन्धमा रहेको भए पनि अन्य कुरा थाहा नभएको बताएका हुन्।

‘अहिले त यो सबै टिभीमा मात्र देखिइरहेको छ। साँच्चै दुवै जनाले बिहे गरे भने म खुसी हुनेछु,’ उनले भनेका छन्।

कार्यक्रममै तय भएको बिहेका बारेमा नेहा र आदित्यले भने कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्