Logo

‘आस्था जी हामी छौँ तपाईँको साथमा’ -ज्योती मगर

गायिका ज्योती मगरले आस्थाको भिडियो प्रकरणमा बोलेकी छिन्। हामीसंगको कुराकानीमा ज्योतीले भनिन्, ‘आस्था जीलाई केही हुदैन, हामी छौँ। आफ्नो ख्याल गर्नुहोला।’ कार्यक्रमको शिलशिलामा नेपालगंजमा रहेकी ज्योतीले आस्थाको एअरपोर्ट भिडियो प्रकरणबारे बोलेकी हुन्।

ज्योतीले आस्थालाई पक्राउ गर्ने पछि मात्रै सत्यतथ्य बुझ्ने भन्ने शैली चित्त नबुझेको बताईन्। ‘खास त हाम्रो कानुन नै चित्त बुझ्दो छैन। कुनै विवादमा पहिले अपराधीलाई जसरी पक्राउ गर्ने, अनि पछि मात्रै कुरा गर्ने शैली चित्त बुझ्दो छैन। आस्था जी मात्रै होइन, यस अघि भिटेन, दुर्गेश थापा जस्ता कलाकारको हकमा पनि यस्तै भएको हो। यो चाही संसोधन गर्नु पर्छ भन्छु म।’ ज्योतीले भनिन्।

‘हुन त एअपोर्ट जस्तो संवेदनशिल क्षेत्रमा सबैले संयमता अपनाउनु पर्छ। सेलिब्रेटी भयो भन्दैमा घमण्ड देखाउने कुरा हुदैन। सुरक्षा जाँचमा हामी सबैले सहयोग गर्नु पर्छ।’ उनले नेपाली कलाकारलाई एअरपोर्टमा भिआइपी वा विशेष कक्षको व्यवस्था हुनु पर्ने माग राख्दै ज्योतीले भनिन्, ‘विदेशी सि ग्रेडका कलाकार आउदा पनि भिआइपी कक्ष दिने एअरपोर्टमा हामी नेपाली कलाकारलाई वास्तै हुन्न। त्यसबेला हामीलाई साच्चै नै गाह्रो हुन्छ। हामी हुलमा बस्दा फोटो खिच्ने बहानामा विभिन्न हिंसाहरु भोग्न बाध्य हुन्छौँ। अंकमाल गर्न खोज्ने, छुन खोज्ने, जिस्काउने जस्ता कुराले हामीलाई कती गाह्रो हुन्छ।’

उनी भन्छिन्,’हामीलाई सुरक्षा जाँच र लाइनमा बस्न समस्या होइन। कम्तिमा फ्लाइट प्रतिक्षा गर्ने समय सम्म विशेष कक्षमा राखिए राम्रो हुने हो। यसका लागि सरकारसंगै हामी सबै कलाकारहरुले माग राख्दै आएको हो।जहाँसम्म आस्था जीको कुरा छ त्यसमा उहाँलाई नआत्तीन हामी अनुरोध गर्छौँ। ‘

प्रतिक्रिया दिनुहोस्