काठमाडौँ – गायिका आस्था राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राउत विरुद्ध आइतबार पक्राउ पुर्जी दिएको हो । जसअनुसार राउत काठमाडौँ आउनेबित्तिकै प्रहरीले पक्राउ गर्नेछ ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै राउतले सामाजिक सञ्जालमार्फत आक्रोशपूर्ण भिडियो लाइभ गरेकी थिइन् ।
उनलाई चेकजाँच गर्ने महिला प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरेपछि उनलाई पक्राउ परेर अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको हो ।
आस्थालाई पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालबाट कलाकर्मीले आस्थाको पक्ष र विपक्षमा आफ्ना धारणाहरु सार्वजनिक गरिहेका छन् ।
प्रतिक्रिया