सरुवा भएर पनि चितवन जान पाइनन् एसपी पन्त, नयाँलाई पठाउने तयारी
दर्शकृन्द्र नमस्कार तपाईहरु हेदै हुनुहुन्छ । अनलाइन् टिभी नेपाल । म छु कमला हमाल । सरुवा भएको एक महिना वितीसक्दा पनि एसपी गंगां पन्त किन चितवन जान पाइरहेकी छैनन्् त । भन्ने विषयमा आज हामीले खोजमुलक रिपोट तयार पारेका छौ । कृपया भिडियो पुरा हेर्नुहोला ।
गएको पुस ४ गते प्रहरी प्रधान कार्यालयले २४ जना एसपीको सरुवा निकाल्यो । त्यो सरुवामा प्रहरी प्रधान कार्यालयमा कार्यरत एसपी गंगा पन्तलाई चितवन पठाइएको थियो । चितवनमा कार्यरत को सरुवा भएको थियो त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रहेको प्रहरी कार्यालयमा । सरुवा भएको १३ दिनसम्म पनि मल्लले चितवन नछाडेपछि प्रदेश प्रहरी कार्यालयले १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन नै दिनुर्पयो । मल्ल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अंगरक्षक रहिसकेका व्यक्ति भएकाले पनि उनी चितवन नै बस्न चाहन्थे ।
चितवन प्रचण्डको पनि गृहजिल्ला हो । मल्ल प्रचण्डकै मागअनुसार आकर्षक जिल्ला मानिएको चितवन जान पाएको प्रहरीकै अधिकारीको तर्क छ । मल्लले १२ घण्टे निर्देशनपछि जिल्ला त छाडे तर त्यहाँ सरुवा भएकी पन्त अहिलेसम्म जान पाएकी छैनन् । सरुवा भएको एक महिना बितिसक्दा पनि एसपी पन्तले रवाना पाइनन् ।
चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल सरुवा भएको ठाउँबाट रमाना भएपछि पन्त चितवन जाने तयारी थियो । प्रहरी प्रधान कार्यालयले उनलाई चितवनका जनप्रतिनिधि र अन्य संघसंस्थाका प्रतिनिधिसँग भेटेर राम्रो वातावरण बनाएर सरुवा भएको ठाउँमा जान आग्रह र्गयो ।
स्रोतकाअनुसार उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नभेट्ने बताइन् । ‘को हो त्यो प्रचण्ड ? मैले किन भेट्ने ? मलाई चितवन जानु छैन ।’ भन्दै एसपी पन्तले चितवन जान अस्वीकार गरेको स्रोतले जानकारी दियो ।
पन्तको व्यवहारमा संगठनात्मक सिद्धान्तविरुद्धको अभिव्यक्ति आएपछि उनलाई प्रहरी प्रधान कार्यालयमै राख्ने र अरु कसैलाई चितवन पठाउने तयारी प्रधान कार्यालयले गरेको छ । कुनै पनि ठाउँमा सरुवा भएर जाँदा नयाँ ठाउँका जनप्रतिनिधिलगायतसँग समन्वय गरेर प्रहरी अधिकारीहरु आफ्नो नियमित काममा लाग्ने प्रचलन छ ।
नेपाल प्रहरीले आफ्ना अधिकृतलाई जनप्रतिनिधिसँग मिलेर काम गर्ने तालिम नै दिन्छ । तर उनले चितवनबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई नै चिन्दिन भनेर अराजक अभिव्यक्ति दिएका कारण समस्या भएको नेपाल प्रहरीको उच्च स्रोतले जनाएको छ ।
पटक पटक विवादमा आएकी पन्तले भने आफ्नो काम गर्ने शैली राम्रो हुँदा आफुलाई रोकिएको गुनासो गर्दै विभिन्न सञ्चारमाध्यमसँग समाचार बनाइदिन आग्रह गरेकी छन् । एसपी पन्तमाथि सकभर चितवन नजाने र चर्चा कमाउने गरी प्रहरी संगठनभित्र अराजकता फैलाएको आरोप लागेको छ ।
बरु प्रहरी प्रधान कार्यालयले उनको स्थानमा नयाँ एसपी पठाउने तयारी गरेको उच्च स्रोत बताउँछ । प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले नयाँ सरुवा ननिस्किएकाले पुरानै सरुवा यथावत रहेको बताउँछन् ।प्रहरी प्रधान कार्यालयले विवादमा परेपछि कतिपय जिल्लाका प्रमुखलाई हेरेफेर बेलाबेला गर्दै पनि आएको छ ।
तर एसपी पन्तले चितवन जान रवाना नपाउनुको कारण के छ ? पन्तको जवाफ यस्तो छ, मैले संगठनको निर्णय मान्ने हो । यसबारे मैले धेरै बोल्न आवश्यक ठान्दिन । संगठनको नीति अनुशासनमा बसेर व्यवसायिक रुपमा काम गर्ने हो, गरिरहेको छु ।’’ एसपी पन्त हाल प्रहरी प्रधान कार्यालयमै रहेको इन्टरपोल शाखामा कार्यरत छन् । यसअघि उनले गौशाला, अपराध शाखा, बालाजु वृत र पर्वतको कमान्ड सम्हालिसकेकी छन् ।
यता प्रहरी प्रधान कार्यालयले चितवनमा नयाँ एसपी पठाउने तयारी गरेको छ । जसका लागि एसपीहरु कृष्ण पंगेनी, नवराज अधिकारी, प्रविण पोखरेल, अरुण पौडेल चर्चामा छन् । चितवन जानका लागि सबैले लबिइङ सुरु गरेका छन् ।
एक अधिकारीले भने, ‘‘शक्ति केन्द्रले एसपी पन्तबाहेक जो भने पनि हुन्छ भनेको छ । तर पन्तको सम्भावना लगभग सकियो भन्दा पनि हुन्छ । नत्र अहिलेसम्म उहाँ चिवतन गइसक्नुहुन्थ्यो ।’’ आईजीपी सर्वेन्द्र खनाल भने एसपी पन्तलाई नै चितवन पठाउन चाहन्छन् । तर नेकपाका एक अध्यक्ष प्रचण्ड र चितवन महानगरपालिकाकी मेयर प्रचण्डपुत्री रेणु दाहाल एसपी पन्तको पक्षमा छैनन् ।
प्रहरीकै एक अधिकारी भन्छन्, ‘‘प्रहरीको एसपीकै सरुवा यति ठूलो चासो नेताहरुले राख्नु दुःखद विषय हो । प्रहरी स्वतन्त्र छ भन्ने तर आफ्नो आदेशमा चलाउन खोज्ने नेताको प्रवृत्तिले संगठन कमजोर बन्दै जान्छ ।’’ एसपी गंगा पन्तसँग पृष्पकमल दाहाल प्रचण्डसंग किन सकारात्मक छैनन् त ?
त्यसो त एसपीको सरुवा प्रहरी प्रधान कार्यालय क्षेत्राधिकारमा पर्ने विषय हो । तर शक्तिमा रहेका नेताले आफ्नो जिल्लामा आफू अनुकूल प्रहरी अधिकारी लैजान चाहन्छन् । व्यावसायिक रुपमा एसपी पन्त विवादमा मुछिएकी प्रहरी अधिकारी भने होइनन् ।
तर एसपीको रुपमा पहिलोपटक जिल्लामा सरुवा हुँदा पनि जान पाउने सम्भावना कम हुँदै गएको छ । कतिपयले एसपी पन्तप्रति प्रचण्ड नकारात्मक हुनुलाई २५ औं आईजीपी प्रकरणको एक फेसबुक स्टाटस भएको बताउँछन् ।
२५ औं आईजीपी प्रकरणमा चर्चामा थिए तत्कालीन डीआईजी नवराज सिलवाल र जयबहादुर चन्द । सरकारले चन्दलाई आईजीपी बनाउने निर्णय ग¥यो । निर्णय कार्यान्वयन भने हुन सकेन । चन्दलाई आईजीपी बनाउने निर्णय भएपछि ०७३ मा अमित सिँह कार्की नामका एकजना फेसबुक प्रयोगकर्ताले फेसबुकमा लेखेका थिए,‘‘साहस त देउवाको जस्तो हुनुपर्छ । तिमी पानी मरुवाहरुको के काम । आफ्नो सभापतिको विरोध गरेर गुट–उपगुटको राजनीतिलाई प्रसय दिन खोज्दा ठूलो दुर्घटनामा परिएला । आईजीपीको कारण होइन, सबैले बुझ्न जरुरी छ । लोकतन्त्र मास्ने ठूलो षड्यन्त्र थियो, जो देउवा र प्रचण्डले कुशलपूर्वक समाधान गरे ।’’
उनको त्यही स्टाटसमा तत्कालीन अवस्थामा डीएसपी रहेकी पन्तको कमेन्ट ‘रिप भनेर आयो । तत्कालीन समयमै एसपी पन्तले प्रहरी प्रधान कार्यालयलाई यसबारे प्रष्ट पारेको उनी बताउँछिन् । एसपी पन्तले आफूले नेताहरुलाई रिप’ नलेखेको बताइन् । कतिपयले एसपी पन्तले त्यही कमेन्टका कारण उनले चितवन जानबाट रोकेको बताउँदै आएका छन् । तर फेसबुक कमेन्ट चितवन जानबाट रोकिनुको कारण नभएको स्वयम् वहालवाला प्रहरी अधिकारी बताउँछन् ।
प्रहरीको कर्मचारी प्रशासनमा लामो समय काम गरिसकेका अवकाश प्राप्त प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मी भन्नुहुन्छ ‘अहिलेसम्म यसरी संगठनको निर्णयलाई अवज्ञा गरेको घटना मेरो जानकारीमा थिएन ।’
संगठनमा दूरगामी असर
पूर्वएसपी रेग्मी भने यो घटनाले प्रहरीमा विस्तारै राजनीतिक हस्तक्षेप बढ्दै गएको छनक दिएको बताउँछन् । ‘यो रहीरहे संगठनमा दूरगामी असर पर्छ’, उनले भने, ‘पहिले पनि यस्तो असन्तुष्टि नआएका होइनन् तर, अहिले जस्तो छताछुल्ल हुदैनैथ्यो । मुख्यालयकै आदेशलाई अटेरी गर्ने भन्ने हुँदैनथ्यो ।’
प्रहरी अधिकृतका अनुसार एसपीले नेतृत्व गर्ने जिल्लामा निमित्त प्रमुखलाई बजेट चलाउने अधिकार हुँदैन । यसले प्रहरी जवानहरुको तलब वितरणमा मात्र समस्या गर्दैन, कुनै अपरेशनमा तत्काल प्रहरी परिचालन गर्न परे खर्च चलाउन पनि अप्ठ्यारो पर्छ ।
चितवनका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) एकनारायण कोइराला भन्छन, ‘हामी व्यवस्थापन गरिरहेका छौं ।’
एसपी नभएका खण्डमा प्रदेश प्रहरी कार्यालयले कार्यवाहकको अधिकार तलब वितरण गराउन सक्छ । दैनिक क्रियाकलापमा आन्तरिक समझदारीमा अर्को प्रहरी प्रमुख आएपछि रुजु गर्ने गरी कारोबार गरिँदै आएको छ, जुन कानूनको मर्मअनुसार नभएको प्रहरी अधिकृतहरु बताउँछन् ।
प्रहरी महानिरीक्षककै सचिवालयका एक अधिकृत भने यो प्रकरण नेकपा अध्यक्ष दाहाल प्रचण्ड र प्रहरी प्रधान कार्यालयबीचको अघोषित लडाइँ भएको बताउँछन् । ती अधिकृत भन्छन ‘आईजी साबले पन्तलाई नै चितवन पठाउन चाहनुभएको छ । तर, उताबाट नकारात्मक संकेत आएपछि अप्ठ्यारो परेको हो ।’
त्यसो त अवकाशको मुखमा रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अहिले धेरै विवादमा पर्न चाहँदैनन् । त्यसैले विकल्पमा अन्य अधिकृतको पनि खोजी भइरहेको ती अधिकृतले बताए ।
प्रतिक्रिया