Logo

हेर्नुहोस् बुद्धको जन्मस्थल लुम्बिनीमा नामै नसुनिएका देशबाट पनि पर्यटक !

भैरहवा – विश्व शा’न्तिको मुहान् बुद्ध जन्मस्थल लुम्बिनीमा सन् २०१९ मा पौने दुई लाख पर्यटक भि’त्रिएका छन् ।लुम्बिनीमा पछिल्ला वर्षहरुमा पर्यटक आ’वागमनमा वृ’द्धि भएको छ ।सन् २०१९ मा लुम्बिनीमा ११५ देशका एक लाख ७४ हजार १५ जना पर्यटक तथा श्रद्धालु आएको लुम्बिनी विकास कोषको तथ्यांकमा उल्लेख छ ।विश्वसम्पदा सू’चीमा सू’चीकृत लुम्बिनी विश्वकै आस्था र आ’कर्षणको के’न्द्रका रुपमा रहेको छ ।यहाँ सन् २०१८ मा १०८ देशका एक लाख ६९ हजार ९०४ जना विदेशी पर्यटक आएका थिए ।

लुम्बिनीमा श्रीलंका, थाइल्यान्ड, भियतनाम, चीन, कम्बोडिया, फ्रान्स, जर्मनी, इन्डोनेसिया, जापान, मलेसियासहित इरान, इराक, सिरिया, उरुग्वे, ताजिकिस्तान, क्युबा, दक्षिण अफ्रिका, बुर्किनाफासोलगायतका देशबाट पर्यटक घुम्न आएका थिए ।सन् २०१९ मा लुम्बिनीमा सबैभन्दा बढी पर्यटक श्रीलंकाबाट आएको देखिएको छ । श्रीलंकाबाट ४७ हजार ५०७ जना आएका छन् ।त्यस्तै, दोस्रोमा म्यानमारबाट ३० हजार ७९१, थाइल्यान्डबाट २८ हजार ३६४, चीनबाट २१ हजार २६९ जना पर्यटक आएका छन् ।भियतनामबाट ८ हजार ३४५, दक्षिण कोरियाबाट ६ हजार १४५, जर्मनीबाट तीन हजार ३०६, फ्रान्सबाट दुई हजार १७, जापानबाट दुई हजार ५६, मलेसियाबाट १९ सय ९५ पर्यटक आएका छन् ।

यसैगरी, सन् २०१९ मा लुम्बिनीमा इरानबाट २९, दक्षिण अफ्रिकाबाट ४९, सर्बियाबाट ८, साउदी अरेबियाबाट ८, उरुग्वेबाट ७, फिलिपिन्सबाट ७ जना आएका छन् ।सन् २०१८ मा ‘बौद्धिस्ट’ मुलुक श्रीलंकाबाट ५९ हजार ९५९ जना पर्यटक लुम्बिनी आएका थिए ।थाइल्यान्डबाट २६ हजार ६७७ जना आएका थिए । म्यानमारबाट २५ हजार ३३३ जना आएका थिए भने चीनबाट १८ हजार ४६० जना पर्यटक आएका थिए ।लुम्बिनी आउने पर्यटकमध्ये सन् २०१८ को तुलनामा श्रीलंकाका पर्यटकमा कमी आएको छ । २०१८ मा ५९ हजार ९५९ जना आएकामा सन् २०१९ मा ४७ हजार ५०७ जनामात्र आएका छन् ।

सन् २०१८ को तुलनामा म्यानमार, थाइल्यान्ड, चीनबाट आउने पर्यटकको संख्यामा भने क्रमशः वृद्धि भएको देखिएको छ ।लुम्बिनीमा कुनै देशबाट वर्षमा एकजनामात्र पर्यटक पनि आएका छन् ।अल्बेनिया, एनडोरा, ताजिकिस्तान, बहामास, बहराइन, बोलिभिया, साइप्रस, लेबनान, जिम्बाब्वे, पलाउ र लिबियाबाट एक/एकजना पर्यटक आएका हुन् ।त्यस्तै, अल्गेरियाबाट दुई, इराकबाट दुई, बुर्किनाफासोबाट दुई, बोटबास्नाबाट दुई, इस्टोनियाबाट दुई, होन्डुरसबाट दुई, कुवेतबाट दुई, मलडोभाबाट दुई, मोनाकोबाट दुई, मोन्टेनिग्रोबाट दुई, दक्षिण सुडानबाट दुई, युएईबाट दुई पर्यटक आएका थिए ।

लुम्बिनीको पर्यटन प्रवर्द्धन र प्रचार–प्रसारका लागि प्रदेश सरकारले ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ मनाइरहेको छ ।संघीय सरकारले नेपालको पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाइरहेको छ ।विगत केही वर्षयतादेखि लुम्बिनीमा आ’योजित अन्तर्राष्ट्रिय त्रिपिटक पाठलगायतका बौद्धसम्बन्धी कार्यक्रमका कारण बौ’द्धमार्गी तथा अ’ध्येताको लुम्बिनीमा ध्यान तानेको छ ।

प्रतिक्रिया दिनुहोस्