Logo

१७ दिनदेखि १० वर्षे छोरो बेप*त्ता भएपछि ”मेरो छोरो भेंटे भने बिरानो काठमाडौँ छोड्छु” भन्दै आमा रुँदै ! (हेर्नुस् भिडियो)

हाल भक्तपुरको ब्यासीमा बस्दै आएका प्रकाश लिम्बु र कबिता लिम्बुका १० बर्सिय छोरा प्रवेश लिम्बु १७ दिनदेखि बेपत्ता भएका छन् । प्रवेश १७ दिनदेखि अर्का एक जना ११ बर्सिय बालकको साथमा बेपत्ता रहेको बालकका आमा बुबाले बताएका छन् । यही पौष १९ गते बिहानदेखि साथीसँग साइकलमा गएका प्रवेश दिउसो २ बजे सम्म पनि घर नआएपछि प्रहरीलाई खबर गरेको प्रवेशका बुबा प्रकाशले बताएका छन् ।

प्रहरीले पनि खोजि कार्य गरिरहेको उनले जनाएका छन् । कहाँ गएको हो भन्ने पत्तो नभएको र यत्रो दिन बितीसक्दा पनि नभेटेपछि आफ्नो छोरा हराएर बिलौना गरिरेहेका लिम्बु दम्पत्ति मिडियामा आएको छन् ।

बालक बेपत्ता भएपछि बालक प्रवेश नभेटेपछि रुँदै उनकी आमा कविताले रुँदै छोरा भेटे यो बिरानो काठमाडौँ छोड्ने बताएकी छिन् । साथै बेपत्ता प्रवेशलाई खोजि गरिदिन आग्रह गर्दै उनका बुबाले निम्न सम्पर्क टेलीफोन नं ९८६२६०४२५३ मा सम्पर्क गरेर अथवा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन अपिल गरेका छन् । बिस्तृतमा हेर्नुस् भिडियोमा :

प्रतिक्रिया दिनुहोस्