बुटवल – बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुरका अमर बहादुर सुनारको आर्थिक अवस्था कमजोर थियो । आर्थिक अवस्था कमजोर भएकै कारण सुनार आफ्नो श्रीमती लक्ष्मी सुनार र उनको ७ वर्षीय छोरालाई लिएर रोजगारीका लागि भारत पुगे ।
२०६४ सालमा भारतको लुधियाना गएका सुनारसंग रहेका उनका छोरा सन्तोष कुमार सुनार त्यहींबाट हराएका थिए । छोरा हराएपछि सुनार परिवारमा चिन्ता थपियो, एकातर्फ उनीहरुको आर्थिक अवस्था कमजोर थियो भने अर्कोतर्फ सन्तान हराएको पीडा थियो ।
सन्तान भेटिने आशामा सुनार दम्पत्ती भारतमै बसिरहे । ७ वर्षिय बालकको खोजतलास गर्दा कतै पत्तो लागेन । सन्तान हराएको पीडामा रहेको अभिभावकको अनुहारमा अहिले भने मुस्कान देखिएको छ ।
भारतस्थित नेपाली दुतावासको समन्वय तथा प्रवासी नेपाली मित्र मञ्च र मानव कल्याण मित्र मञ्च नेपालको सक्रियतामा अहिले १९ वर्ष पुगिसकेका सन्तोष अहिले अभिभावकसंगै आउन सफल भएका छन् । उनलाई २०७५ साउन ५ गते उद्दार गरियो । उनलाई अभिभावकसम्म आउन भने त्यत्ति सजिलो थिएन् । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।
प्रतिक्रिया