Logo

मन्दिर दर्शन गरेर फर्किदै गरेका यात्रु बोकेको ट्रक दु,र्घटना : ७ जनाको मृ,त्यु ३० भन्दा बढी घाइते !

धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु बसेको ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छमंगलबार ढोलामण्डलीमा लागेको पुजा मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको आइचर ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए।

ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किदै गरेको ट्रक निलकण्ठ नगरपालिका ९ मैलीभञ्ज्याङमा सडकमै पल्टिएको हो। ट्रकमा करिब ४० यात्रु सवार रहेको अनुमान गरिएको छ। प्रत्यक्षदर्शी विजय अधिकारीका अनुसार तीब्र गतिका कारण आइचर दुर्घटना भएको हो।

दर्जनौ यात्रुसँगै चालक गम्भीर घाइते छन्। घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइराखेको छ। गम्भीर घाइते भएका चालक लाई हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ । घाइतेहरुलाइ ७ वटा एम्बुलेन्स मार्फत जिल्ला अस्पताल लगिएको छ भने गम्भीर घाइतेहरुलाइ नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्