Logo

बिहिबारको दिन भुलेर पनि गर्न नहुने यी काम ! नत्र जीवनभर पछुताउनु पर्ला

बिहिबारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । बिहिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने विश्वास रहेकाे छ तर बिहिबार केही काम गर्न भने निषेध गरिएको छ ।

शास्त्रमा बिहिबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले बिहिबार कपाल नुहाउनु अशुभ मानिन्छ । बिहिबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । बिहिबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । बिहिबार कपाल धुने, कपडा सफा गर्ने, दारी काट्ने, रौ काट्ने, फेशियल, नङ काट्ने काम कहिले पनि नगर्नुस् ।

बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहिबार नगर्नु नै राम्रो मानिन्छ । लक्ष्मीको पूजा गर्ने गर्नुहाेस् बिहिबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्