Logo

शनिबारकाे दिन भुलेर पनि गर्ननहुने यस्ता काम नत्र पछुताउनु पर्नेछ ! जानी राखौ

शनिवारको दिन शनिदेवको विशेष दिन हो । शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिबार शनिदेबको दिन भएकाले आज शनिदेवका विरोधी काम गर्न राम्राे मानिदैन् । आज शनिदेबलाई प्रसन्न गर्ने काम गनूपर्छ । जस्तै शनिलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ ।

ज्योतिषीय मान्यता अनुसार जसकोे कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न जरुरी छ । शनिवारको दिन कालो रंगको लुगा वा जुत्ता किन्न राम्रो मानिदैन् त्यस्तै आज आपँको अचार खानु पनि राम्रो मानिदेन, किनकी काँचो आँप अमिलो हुन्छ र शनि देव यस्तो चिजको विरोधी हुन् ।

शनिवारका दिन रातो खुर्सानी नखानुहोस् त्यसको सट्टा कालो वा हरियो खुर्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ । शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।त्यस्तै शनिबार रक्सी पिउनु पनि हुँदैन् ।

काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ भने शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन । नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ र उक्त दिन नुन किन्दा घरमा दरिद्रता भित्रने मान्यता रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्