Logo

हेर्नुस सरकारी सवारीसाधनको दु’रुपयोग ! कानुनको ध’ज्जी उडाउदै ३ जना मोटरसाइकलमा सरर…

सरकारी कर्मचारीले सरकारी सवारीसधानलाई निजी कामका लागि प्रयोग गर्दै कतिपय अवस्थामा तरकारी किन्नेदेखि बजार घुम्नेसम्म दु’रुपयोग गरिरहेको नौलो घटना होइन् । प्रदेश २ मा पछिल्लो समय सरकारी सवारी साधनको दु’रुपयोग बढ्दै गएको छ ।एउटा घटना हो–जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको लक्ष्मिनिया गाउँपालिकास्थित सपहीको ।

(मंगलबार) बिहान करिब ११ बजे सरकारी नम्बर प्लेट भएको मोटरसाइकलमा तीन जना सवार भएर कतै जाँदै थिए ।मोटरसाइकल को नम्बर प्लेट थियो–प्रदेश २–०२००१ ब २०४ । यही मोटरसाइकलमा चालकदलसहित तीन जना सवार थिए । उनले पछाडीबाट मोटरसाइकलको फोटो त लिए तर, मोटरसाइकलमा सवारको प’हिचान गर्न सकेनन् ।उनले मोटरसाइलमा बसेका कसैलाई चिनेनन् । कारण थियो–चिसो मौसम । मोटरसाइकलमा सवार तीनै जनाले टाउकोमा टोपी र मुखमा मास्क थियो ।

सम्वाददाता कर्णले यही कुरा बुझन् आज (बुधबार) कार्यालय समयमा यातायात व्यवस्था कार्यालय जनकपुरमा पुगेर यसबारे अझै बुझ्न प्र’यास गरे । यातायात कार्यालयका कर्मचारीले उक्त मोटरसाइकल डिभिजन वन कार्यालय सिन्धुलीको नाममा २०७६ असोज १४ गते द’र्ता गरिएको पाइयो ।

उनले यस विषयमा अझ बुझ्न डिभिजन वन कार्यालय सिन्धुलीका डिभिजनल वन अधिकृत जीवन ठाकुरलाई फोन गरे । सम्वाददाता कर्णसँगको फोन सम्पर्कमा उनले उक्त मोटरसाइकल कार्यालयका अधिकृत देवेन्द्र यादवलाई जिम्मा दिएको बताए ।अन्ततः एक दिनको अनुसन्धानपछि उक्त मोटरसाइकल कसको हो भन्ने पत्ता लाग्यो । यद्यपी मंगलबार अधिकृत यादवसहित तीन जना सवार थियो ।यस घ’टनाले बुझ्न सकिन्छ कि प्रदेश २ मा सरकारी सवारी साधनहरुको चरम दु’रुपयोग हुँदै आएको स्प’ष्ट हुन्छ । यो त एक पात्र मात्र हो । यस्तो घ’टनाहरु अझै कति छन् जुन बाहिर आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्