Logo

अत्यधिक जाडोका कारण मङ्गोलियामा २६ हजार जनावरको मृ’त्यु

अत्यधिक जाडोका कारण मङ्गोलियामा २६ हजारभन्दा बढी जनावर म’रेका छन् । शिशिर ऋतु चलिरहेकाले अत्यधिक चिसो भएको र ती जनावरहरु मरेको मङ्गोलियाका सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मङ्गोलियाको राष्ट्रिय विपद् व्यवस्थापन निकाय (एनइएमए) का अनुसार यही जनवरी महिनामा पश्चिमी उभ्स प्रान्तलगायतमा यति धेरै जनावर म’रेका हुन।

देशका २१ प्रान्तमध्ये ६ प्रान्तमा अहिले चिसोको बढी प्रभाव परेको छ । तीमध्ये पनि ९० प्रतिशत जनावर उभ्स प्रान्तमै म’रेका हुन् । घ’टनास्थल केन्द्रीय राजधानी उलान बाटोरदेखि झण्डै १३ सय किलोमिटर टाढा पर्दछ । मङ्गोलियामा जाडो मौसमका बेलामा धेरै जनावर म’र्ने गरेको अधिकारीहरुले बताएका छन् । यसअघि सन् २०१६ मा पनि दश लाखभन्दा बढी जनावर यही शिशिर ऋतुमा जाडोकै कारण म’रेका थिए ।

प्रतिक्रिया दिनुहोस्