Logo

हे भगवान : आफनो विवाहको निम्ता बाँडन हिड्दै गर्दा उनले संसार छोड्नु पर्यो !

कञ्चनपुरमा टि’प्परको ठक्क’रबाट मृ’त्यु भएकी युवतीको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बैतडीको गुरुखोला घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १६ गोवरीया बस्दै आएकी २० बर्षीय रमतिा भट्टको मृ’त्यु भएको हो।

उनको बिहीबार अपरान्ह टि’प्परको ठ’क्करबाट घ’टना स्थलमै मृत्यु’ भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। जिल्लाको महेन्द्रनगर चम्मनचोकमा भएको उक्त घ’टनामा से१क ८८७ नम्बरको टि’प्परले साइकलमा गइरहेकी भट्टलाई ठ’क्कर दिएको थियो। घ’टना लगत्तै चालक फ’रार भएका छन्।

घ’टनापछि महेन्द्रनगर अहिले त’नावग्रस्त भएको छ। भीमदत्त नगरपालिका १५ गोबरैयामा डेरागरी बस्ने रमिता जनज्योती बहुमुखी क्याम्पस स्नातक तेस्रो बर्षमा अध्ययनरत थिइन् । डेढ बर्ष अघि उनले प्रकाश टेरसंग भागि विवाह गरेकी थिइन् ।

प्रकास टेरका भाई महेश टेरले भागेर विवाह भएको बताए । ‘डेढ बर्ष अघि दाजु प्रकाश संग रमिताको भागेर विवाह भएको थियो’ ‘उनले भने ‘साँ’स्कृतिक परम्परा अनुसार विवाह भएको थिएन, यही १३ माघमा विवाह हुन लागेको थियो ।’ रमिताको विवाहका लागि केटा र केटीपक्षबीच तयारी भइरहेको थियो । नजिकका आफन्त र साथीभाईलाई नियन्त्रणा दिन उनी गोबरैया डेराबाट साईकल चढेर बजार निस्किएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्