Logo

बिहानै यस्तो खबर: नेपाल एयरलाइन्सका २ दर्जन पाइलटको सामुहिक राजिनामा (पत्रसहित)

नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामुहिक राजिनामा दिएका छन्। तीन महिनाको समयसीमा दिंदै उनीहरुले व्यवस्थापन समक्षा राजिनामा बुझाएका हुन्।

विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजिनामा बुझाएका हुन्।

स्थायी उडानदलका सदस्यहरुले तीन महिनापछि लागू हुनेगरी राजिनामा बुझाएका हुन्।

उनीहरुले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाएपनि विदेशीलाई सेवा सुविधा धेरै दिएको आरोप लगाएका छन्।

पाइलटहरुका अनुसार विदेशीले महिनामा ४६ घण्टामात्र जहाहज उडाउछन् भने हप्तामा २ दिन छुट्टी पाउछन्। तलब भने उनीहरुले १५ लाख पाउछन्। कर पनि व्यवस्थापनले तिरिदिएको छ।

तर नेपाली स्थायी पाइलटले महिनामा ९५ घण्टा जहाहज उडाउने तर हप्तामा विदा १ दिनमात्र पाउने गरेका छन्। त्यसमा कर पाइलट आफैले तिर्दै आएका छन्।

पछिल्लो समय जानकारी नै नदिइ वर्षको अन्तिमतिर शुन्य तलब दिएको र यो वर्षो सुरुदेखि नै एड्भान्सको नाममा १ लाख रुपैयाँ काट्दै आएको क्याप्ट्न श्रवण रिजालले जानकारी दिए।

उनकाअनुसार तलबमा पनि विदेशी र नेपालीबीच गहिरो खाडल रहेको छ। विदेशीले चोखो १५ लाख तलब बुझ्छन् भने नेपालीले ५ लाख तलब पाउँदै आएका छन्।

करारमा आएकाले विदेशीलाई धेरै सुविधा भएको भन्ने व्यवस्थापनले जानकारी दिएकाले नेपालीलाई करारमै राखोस भनेर आफूहरु सबैले राजिनामा दिएको रिजालले जानकारी दिए।

तीन महिनाको समयसीम पाइलटहरुले दिएका छन्। उनीहरुले मदन खरेल अध्यक्ष हुँदै राजिनामा बुझाउने तयारी गरेपनि हस्ताक्षर संकलनको काम लम्बिएकाले सकेका थिएनन्।

पाइलटहरुले व्यवस्थापनलाई दुई बिकल्प दिएका छन्। तीन महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने। कि नेपाली पाइलटले दिएको राजिनामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने।

यदि व्यवस्थापनले यी सबै काम गर्न नसकेमा सबै अन्तर्राष्ट्रिय उडान ग्राउन्डेड हुने पाइलटहरुले चेतावनी दिएका छन्।

एयरबस ३३० वाइडबडी जहाज उडाउने १५ मध्ये १३ जना र एयरबस ३२० जहाज उडाउने २५ मध्ये १२ जनाले राजिनामा दिएका छन्। यसमा थप ८ जना जतिले राजिनामा बुझाउने तयारी गरिरहेका छन्।

नेपाल एयरलाइन्समा पाइलटहरुले लामो समयदेखि असन्तुष्टि राख्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्