Logo

बिहानै आयो यस्तो दुखद खबर: बिहेको निम्तो बाँडेर फर्किरहेकी रमिताको टिपरको ठक्करबाट मृ’त्यु ! हार्दिक श्रद्धान्जली

पाँच दिनपछि उनको विवाह हुँदै थियो । घरमा सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो । आफ्नो बिहेको निम्तो साथीहरूलाई दिन रमिता भट्ट कञ्चनपुर महेन्द्रनगरको जनज्योति टोल गएकी थिइन् । रमिताले साथीहरूलाई निम्तो त बाँडिन्, तर बिहे हुन पाएन । निम्तो बाँडेर महेन्द्रनगर बजारतर्फ फर्किरहेकी उनको बिहीबार साँझ टिपरको ठक्करबाट मृ’त्यु भयो ।

बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला घर भएकी रमिता महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन् । उनी डेढ वर्षअघि गुरुखोलाकै प्रकाशबहादुर टेरसँग ‘भागेर’ आएकी थिइन् । टेरसँगै बसिरहेकी उनलाई अन्तरजातीय (बाहुन–क्षत्री) सम्बन्ध भएकाले माइती पक्षले स्वीकार गरेको थिएन ।

अहिले माइती पक्ष राजी भएपछि रमिता र प्रकाशको औपचारिक विवाह हुन लागेको थियो । उनी छोरा प्रकाश र परिवारका अन्य सदस्यसहित महेन्द्रनगर आइरहेका छन् । उनीहरू एक साताअघिसम्म महेन्द्रनगरमै थिए । बिहेकै तयारीका लागि बैतडी गएका हुन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्