Logo

यी हुन् सांसद दिपक मनाङेलाई प’क्राउ गर्ने शक्तिशाली एसपी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गण्डकी प्रदेशका सांसद एवम् पूर्व गु’ण्डा नाइके दीपक मनाङे पोखरामा प’क्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीका अनुसार प्रदेश सांसद मनाङेलाई लेकसाइडबाट प’क्राउ गरिएको हो । कास्की प्रहरीले जिल्ला प्रशासन कार्यालय कास्कीको पूर्वस्वीकृति पछि प’क्राउ गरेको एसपी कार्कीले बताए ।

पूर्व गु’ण्डा नाइके समेत रहेका नेकपाका प्रदेश सांसद मनाङेले आफ्नो पदीय हैसियत लाई बेवास्ता गरेर गण्डकी प्रदेश अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष दीपक गुरुङलाई मु’क्का हानेका थिए । पूर्व गु’ण्डा नाइके मनाङेले बुधबार पत्रकार सम्मेलन गरेर गण्डकी प्रदेश एन्फाका अध्यक्ष गुरुङलाई आफूले हा’तपात र कु’टपिट गरेको स्वीकार गरेका थिए ।

पूर्व गु’ण्डा नाइके मनाङेले नेपाल प्रहरी लाई सिधै चु’नौती दिएर आफूलाई सक्ने भए का’रबाही गर्न भनेका थिए । मनाङेले दिएको चु’नौतीको २४ घण्टाभित्रै कास्की प्रहरीले प’क्राउ गरेर का’रबाही प्रक्रिया अगाडि बढाएको छ । प्रदेश सभाको निर्वाचनका बेला तत्कालीन एमालेको समर्थनमा स्वतन्त्रबाट विजयी भएका मनाङे केही महिना अगाडि मात्रै नेकपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्