Logo

के भयो यस्तो ? एकैपटक नेपाल वायुसेवा निगमका २५ पाइलटद्वारा सामूहिक राजीनामा

नेपाल वायुसेवा निगमका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । निगमको अन्तर्राष्ट्रिय उडान भर्ने पाइलटहरुले राजीनामा दिएका हुन् । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजिनामा बुझाएका हुन्।

अन्तर्राष्ट्रिय उडान भर्ने पाइलटमा ४० जना नेपाली छन् भने विदेशी १५ जना छन् । ४० जनामध्ये २५ जनाले विहिबार सामूहिक राजीनामा दिएका हुन् । विदेशी पाइलटले हप्तामा ४६ घण्टामात्र जहाज उडाउने र २ दिन छुट्टी पाउख्छन्। उनिहरुको तलब कर काटेर १५ लाख हन्छ। तर नेपाली स्थायी पाइलटले महिनामा ९५ घण्टा जहाहज उडाउने तर हप्तामा विदा १ दिनमात्र पाउने गरेका छन्। त्यसमा कर पाइलट आफैले तिर्दै आएका छन्।

निगमले नेपाली पाइलटको केही समयअघि दुई महिनाको तलब नदिएको र विगत पाँच महिनादेखि बिनासूचना एक लाख रुपैयाँ पनि अतिरिक्त रकम काटेको गुनासो पाइलटको छ ।

प्रतिक्रिया दिनुहोस्