Logo

जनताको हिरो कुलमानको घोषणा भारतीय निर्भरता हटाउँदै नेपाललाई बिजुली बेच्ने राष्ट्र बनाउने ! भारतलाई ठुलो झट्का

तीन वर्षअघि ८ अर्ब ८९ करोड रुपैयाँ खुद घाटामा रहेको प्राधिकरणले कुलमान घिसिङलाई नेतृत्वमा पाएपछि निरन्तर नाफा कमाउँदै आएको छ । आर्थिक वर्ष (आव) २०७५/७६मा प्राधिकरण ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संचित नोक्सानी करिब १५ अर्बमा झरेको छ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपाल विद्युत उत्पादनमा आत्मनिर्भर हुँदै गएको बताएका छन्।

कुलमानको कार्यकारी निर्देशकको व्यवस्थापकीय क्षमता, कर्मचारीको मेहनत, राजनीतिक नेतृत्वको निरन्तरको सहयोग लगायतले प्राधिकरण इतिहासकै उत्कृष्ठ बन्न सफल भएको छ। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै निर्देशक घिसिङले आफूहरु चाँडै बिजुली बेच्ने अवस्थामा आउन लागेको बताए। उनले भारतसँगको परनिर्भरता पनि घट्दै गएको स्पष्ट पारे।

१० वर्षमा १५ हजार मेघावाट उत्पादन गर्ने लक्ष्य स्मरण गर्दै घिसिङले भने, ‘१५ हजारको नारामा चाँडै नै बेच्ने अवस्थामा आउँदैछौं। भारतसँगको निर्भरता अन्त्य हुन्छ।’

घिसिङले आफू आन्तरिक सुधारको अभियानमा रहेको पनि स्पष्ट पारे। काठमाडौंमा छरिएका यत्रतत्र तारहरु हटाउने क्रम जारी रहेको र सडक विस्तार तथा खानेपानी पाइपलाइनका केही समस्या भएको उनको भनाई छ। स्मार्ट विलिङ काठमाडौंमा सुरु भइरहेको र देशभरी कार्यान्वयनमा लगिने घिसिङले जानकारी गराए। उनले विद्युतीय सवारी सञ्चालनका लागि देशैभरी चार्जिङ स्टेशनहरु स्थापना गर्ने कार्य पनि अघि बढेको बताए।

घिसिङले आफ्नो सफलताको सुत्र इमान्दारिता र लगनशीलता भएको पनि बताए। ‘परिवारिक समयमा पनि काम गरेको छु’, उनले भने। घिसिङले काठमाडौं बाहिर विद्युतमा देखिएको आन्तरिक समस्या क्रमश सुधार गर्दै जाने प्रतिबद्धतासमेत जनाए। लोडसेडिङको अन्त्यसँगै नेपाल अब विद्युत उत्पादनमा आत्मनिर्भरता तर्फ लाग्दैछ। विद्युत प्राधिकरणका योजना के छन् त? प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नागरिक फ्रन्टलाइनमा।

प्रतिक्रिया दिनुहोस्