Logo

Exclusive: काठमाडौं झर्नै बितिक्कै आस्था राउत प्र#हरीको फन्दामा , प्रहरीले लग्योआस्थालाई वीर अस्पताल…(हेर्नुहोस् भिडियो)

यसरी प्रकाउ परिन गायिका आस्था राउत, स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगियो
दर्शकवृन्द्र नमस्कार, तपाईह्रु हेर्दै हुनुहुन्छ । अनलाइन टिभी नेपाल । म छु कमला हमाल ।
महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई प्रहरीले प्रकाउ गरेको छ । सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उनी नातेदारसहित उपस्थित भएकी हुन् ।अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो ।राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा स्वास्थ्य परिक्षण भएको छ ।

उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्नेछ ।
गायिका आस्था राउत सोमबार बिहान प्रहरी परिसर काठमाडौंमा उपस्थित भएकी छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीका अनुसार आस्था आफैं प्रहरी कार्यालयमा उपस्थित भएकी हुन्। प्रहरीको तर्फबाट अनुसन्धान पूरा भइसकेकोले “जिल्ला सरकारी वकिलले बयान सकेपछि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउने बताएका छन् ।

आस्था र प्रहरीबीच अघिल्लो साता त्रिभुवन विमानस्थलमा भएको विवादपछि उनलाई प्रहरीले खोजी गरेको थियो ।भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ ।उनले सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भन्दै प्रहरीले पनि उक्त विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

“हामीले हेरेको सीसीटीभी फुटेजमा आस्थाकै गल्ती देखिन्छ,” प्रहरी स्रोतले भन्यो ।

विमानस्थलमा खटिएकी प्रहरी जवानले उनीविरुद्ध जाहेरी दिएकी थिइन् ।

विमानस्थल स्रोतबाट बाह्रखरीलाई प्राप्त सीसीटीभी फुटेजमा प्रहरीले उनलाई ज्याकेट खोल्न आग्रह गर्दा हतार गर्दै कफी छाडेर हिँड्न लागेपछि प्रहरीले नै उनलाई कफी लैजान आग्रह गरेको भिडियोमा देख्न सकिन्छ । आस्थाले आफूलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै केही शब्द आफूले पनि नबोलेको भए पनि हुने उल्लेख गरेकी छन् । हाम्रो कुराकानीमा उनले भनेकी छन् जे भएको हो त्यो कुरा मैले भिडियोमा भनिसकेको छु । सहनै नसक्ने दुर्व्यवहार भएका कारण मैले भिडियोमार्फत् भएको कुरा बाहिर ल्याएको हुँ । भिडियोमा प्रयोग भएका दुईचार शब्द पक्कै पनि मैले प्रयोग नगरेको भए हुने थियो जस्तो अहिले लागेको छ । तर त्यति ठूलो गल्ती नै भने मैले गरे जस्तो लाग्दैन । मैले जे भोगेँ त्यो कुरा भनेकी हुँ ।”चेकिङमा रहेकी महिला प्रहरीले ज्याकेट खोल्न भनेपछि मैले प्लेन छुट्न लागेको बताउँदै ज्याकेट नखोले हुँदैन भनेर सोधेँ,” आस्था भन्छिन्, “तर मलाई त्यहीँ अपशब्द प्रयोग गर्दै हात नै हाल्ने काम भयो । मलाई तँ भनेकोमा चित्त दुखाइ होइन हात हालेको मन परेन ।”जाँच गर्दा महिला प्रहरीले नै कफी राखिदिएको र आफूले हतार भएका कारण लैजान्न भनेपछि ‘लैजा नलगे तेरो ब्यागमा खन्याइदिन्छु’ भनेपछि आफूले प्रहरीबाटै दुर्व्यवहारको महसुस गरेको उनको भनाइ छ ।

उता महिला प्रहरी जवान रमीता श्रेष्ठले भने आस्थालाई कारवाहीको माग गर्दै निवेदन दिएकी थिइन् । गायिका आस्था राउत नेपाली पप सांगीतिक क्षेत्रमा निकै प्रख्यात नाम हो । उनका थुप्रै दमदार गितका कारण उनी निकै चर्चित पनि छीन् । उनको माग नेपालमा आयोजना भएका मेला महोत्वदेखी थुवै देश विदेशका कार्यक्रमा पनि उनको प्रस्तुती भ्याइ नम्भाई छ । भ्वाइस अफ नेपाल सिजन २ की जर्ज समेत रहेकी रावतको बोल्ड निर्णायकी क्षमताले पनि उन यस बर्ष निकै चर्चामा थिइन् । तर गायिका आस्था रावत कुनै कार्यक्रममा जादै गर्दा एयरपोर्टमा प्रहरीले गरेको दुर्ववहार सहन नसकेर उनले प्रहरीलाई आक्रोश सहितको आचोचनात्मक भिडियोको कारण राउत विवादमा तानिएकी छिन् । उनको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सामाजिक सञ्जाल फेसबुक पेजमा आस्थाले एक भिडियो सेयर गरेकी छिन् ।जसका कारण उनी चर्चा र विवादमा आएकी हुन् ।

कसैले रावतको पक्ष लिएर कमेन्ट गरीरहेका छन् भने कसैले रावतले आफ्नै हैसीयतलाई ख्याल नगरी प्रहरीलाई तल्लो भाषामा उत्रेर गाली गलौज गरेको भन्दै आस्थाको आलोचना गरेका छन् । काठमाकौं एअरपोर्टमा एक महिला प्रहरीले चेकजाँच गर्ने क्रममा ‘त’ शब्द प्रयोग गर्दै आफुलाई अपमान गरेको भन्दै उनले आक्रोस पोखेकी छन् ।

३३ किलो सुन छिर्ने एयरपोर्टमा गायीकालाई प्रहरीले दुर्वव्यवहार गरेको भन्दै प्रहरीको मात्रै होइन् प्रहरी संङ्गठनका तल्लो पदका कर्मचारीहरु सिपाही हवल्दारहरुलाई भाषा सभ्य बोल्न सिकाउनुपर्ने भन्दै सुझाव दिएकी छन् ।

ज्यानमारा छिर्ने,स्मगलर छिर्ने,ङ«ग छिर्ने, ३३ किलो सुन छिर्ने एयरपोर्टमा कलाकारको सम्मान नगरेको भनदै गुनाशो गरेकी छीन् । आफुलाई बोलोइसक्यो, ढिलो भयो भन्दा पनि गोजी छाम्ने, जवरजस्ती त भन्दै ज्याकेट खोल्न लगाएको भन्दै आक्रोश व्यक्र गरेकी छीन् ।
प्रहरी संङ्गठनका ठूलो पदका इन्सपेक्टर साप, डिएपीसापले राज बक्सीयोस,आइस्योस, गइस्योस भन्दै दर्शन, हजुर नमस्ते भन्ने तर प्रहरीका तल्लो पदका सिपाही, हवल्दार, डन्ठे,प्युसो, प्युसीले भने त भनेर बोल्ने गरेको भन्दै खरो आलोचना गरेकी छीन् ।

प्रहरी मेरो साथी भन्ने श्लोगन नै हटाउन माग गरेकी छीन् । प्रहरी संङ्गठनको जरा गुहीएको भन्दै जरा सुर्धान गर्न सुझाव दिएकी छीन् ।
आफ्नै परीवार भित्र पनि प्रहरी भएको र धेरै रेस्पेकट गर्ने भए पनि आजबाट प्रहरीप्रति नै आफ्नो विश्वास उठेको बताउनुभयो ।
प्रहरीले सम्मान गर्ने भए प्रहरीले पनि पब्लीकलाई रेस्पेक्ट गर्ने गर्नुपर्ने बताउनुभयो । प्रहरीलाई आफुले तपाई भनेर सम्बोधन गर्दा पनि आफ्ुलाई त त भन्दै बोल्ने गरेको भन्दै आ्रकोश व्यक्र गरीन् ।

पुलीस आर्मीको तल्लो पोस्टका कर्मचारीहरु रुढ नै गन्धकी भएको भनदै त्यसमा औषधी हाल्न आग्रह गरेकी छीन् । आफु गल्ती पनि नगर्ने तर विनाकारण आफु आफ्नी आमा सावीत्रा बाहेक कसैसंग नडराउने भन्नु माग गर्नुभयो ।

कलाकारलाई नेपालमा कुनै पनि इज्जत नभएको भन्दै गुनाशो समेत गरेकी छिन् । आफु पनि चाहेको भए छाडा अश्लिल गित गाउदै हित हुन सकथे त। आफु युवालाई सहि बाटोमा हिड्ने गित गाउने गरेको बताइन् ।

यसो त एयरपार्टमा प्रहरी कर्मचारीको व्यवहार र भाषा राम्रो नभएको भन्दै प्रहरीहरु पटक पटक विवादमा तानीदै आएको छ । गएको असोजमा पूर्व युवराज पारस शाहले पनि प्रहरीले आफ्नो परिवारलाई दुर्वव्यहार गरेको भन्दै प्रहरीमाथी नै जाइलागेका थिए । त्यसवेला पनि कोही व्यक्ति प्रहरीको पक्षमा त कोही पूर्वयुवराज पारस शाहको पक्षमा वकालत गरीरहेका थिए । पछी पुर्वयुवराज पारस शाहले फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो परिवारलाई दुर्वव्यहार गरेका कारण प्रहरीमाथी जाइलागेको भन्दै स्पस्टीकरण नै दिएका थिए ।

त्यती मात्रै होइन प्रहरी संङ्गठन पटक पटक व्यवहारकै कारण विवादमा तानिदै आएको छ ।तेह्रौ दक्षिण एसीयाली खेलकुद प्रतियोगिताको नेपाल र भुटानविचको फाइनल खेल हेर्न जाने दर्शकलाई मरणासन्न हुने गरी प्रहरीले पिटेका कारण पनि विवादमा आएको थियो ।
यसरी पटक पटक प्रहरी कर्मचारीको रुखो व्यवहारका कारण नागरिक आजित छन् । प्रहरी मेरो साथी भनेर अभियान मात्रै होइन् त्यो व्यवहारमा पनि देखाउन आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्