Logo

भोलिदेखि फेरि वर्षा र हिमपात ! जानी राखौ

पश्चिमी वायुको प्रभावले फेरि देशैभरीको मौसम प्रभावित बन्ने भएको छ । भू–मध्य सागरबाट सोमबार अपरान्ह्र भित्रिएको जलवाष्पयुक्त वायु (हावामा पानीको अंश) ले भोलि देशैभर हिउँदे वर्षा र हिमपात हुँदैछ ।

भू–मध्य सागर र अरब सागरको वायुको दोहोरो मिश्रणले मध्य र सुदुर पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार साँझदेखि नै सुदुरपश्चिमका उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भइसकेको मौसमविद्ले बताएका छन् ।

अहिले भित्रिएको वायुको आंशिक प्रभाव आज मंगलबार मध्य र पूर्वी भेगमा आंशिक प्रभाव पर्ने र भोली सबैभागमा फैलिने र त्यसको प्रत्यक्ष-अप्रत्यक्ष असर बिहिवारसम्म रहने बताईएको छ । डेढ साता अघिको जस्तो निरन्तर झरीको संभावना भने नरहेको महाशाखाका अधिकारी बताउँछन् ।

दुवै सागरको वायुमा पर्याप्त जलवाष्पको मात्रा भएपछि मौसम धुमिने र हिउँदे झरी गराउने उच्च सम्भावना रहन्छ । पश्चिमी वायु जमिनको सतहबाट साढे पाँच किमी वा सो भन्दा कम उचाइ दुरी हुँदै बहेमा वर्षा र हिमपातको संभावना उच्च रहने गर्छ ।

प्रतिक्रिया दिनुहोस्