Logo

भगवानले प्रार्थना सुनिदिएपछि पुछिन लागेको सिउँदो रोकियो, १४ वर्षपछि श्रीमान भेट्दा भावविह्वल,मृत्युदण्डबाट बचेर आएका उमेशले श्रीमती र छोरालाई भेट्दा ….

जनकपुरधाम – धनुषाका उमेश यादव वैदेशिक रोजगारीका लागि साउदी अरेबिया उड्दा कान्छो छोरा हितेश भर्खर १८ दिनका थिए । जेठा छोरा कमलेश पनि २ वर्ष मात्र भएका थिए ।

साउदी गएको एक महिना १२ दिनमा भएको एउटा ‘दुर्घटना’ले उनी जेलमा मात्र पुगेनन्, मृत्युदण्डको सजाय सुनाइयो । सामाजिक अभियन्ता सरोज रायको पहलमा उनको ब्लडमनी तिरेर उमेशलाई स्वदेश फर्काइएको छ ।

उनी सोमबार जनकपुर विमानस्थलमा ओर्लिँदा छोरा हितेश कोट पाइन्ट लगाएर स्वागतमा आएका थिए । उनी आमा एवं उमेशकी श्रीमती सञ्जु दुई छोरा कमलेश र हितेशका साथै आफन्तसहित उनलाई कुरिरहेका थिए ।

साढे १ बजे भनिएको फ्लाइट डिले भएर तीन बजेतिर मात्र जनकपुर पुग्दा सञ्जु र छोराहरुमा भने छटपटाहट देखिन्थ्यो । विमानबाट झेरेर एयरपोर्टतर्फ जाने क्रममा उमेशले आफूलाई सम्हाल्न सकेनन् । जब उनलाई सञ्जु र छोराहरुले देखे, उनीहरु पनि दौडिएर अंगालो मार्न पुगे । उनीहरु धेरैबेर रोइरहे, खुसीको आँखा उमेश, सञ्जु र छोराहरुले झारिरहे ।

प्रतिक्रिया दिनुहोस्