गायिका आस्था लाई भेटेपछि रेखा थापाले भनिन्, चाडो हिरासतमुक्त गर्नुपर्दछ ! ( भिडियो सहित)


नायिका रेखा थापाले प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई भेटेकी छन् । उनले सोमबार राति त्रिपुरेश्वरस्थित ब्लुक्रस हस्पिटलमा गएर आस्थालाई भेटेकी हुन् । ४ दिनका लागि प्रहरी हिरासतमा पठाइएपछि आस्था सोमबार उपचारका लागि हस्पिटल भर्ना भएकी हुन् । उनी सोमबार बिहान प्रहरी कार्यालय आफैं गएर आत्मसमर्पण गरेकी थिइन् । आस्थालई अस्पतालमै गएर भेटेर फर्केपछि रेखाले लामो स्टाटस लेखेकी छन् । उनले आस्थाले भूलवश बोलेको र माफीसमेत मागिसकेकाले तत्काल हिरासतमुक्त गर्नुपर्ने धारणा राखेकी छन् ।

उनले लेखेकी छन्, ‘आस्था राउत प्रहरी हिरासतमा रहेको र उनले प्रयोग गरेका अभिब्यक्ती बारे सबैजसो लाई थाहा छ । उनकै शब्दमा समग्र प्रहरी संगठनप्रती पर्न गएको अमर्यादाबारे भूल स्विकार पनि गरेकी छन् ।

यसबाहेक आस्था एक नागरिक पनि हुन र उनले सेवा प्रवाहमा गरिने व्यबहारबारे सुधारका लागि आक्रोशित भएको देखिन्छ । व्यक्ति नागरिक र पदाधिकारी जो भए पनी मानवीय व्यबहार र असुन्तुष्टी पोख्ने ठाउँ नै यस्तै सार्वजनिक स्थलहरु हुने गर्दछ ।’

यसलाई ठूलो बिषय र संस्था प्रतिको आक्रमण नठनी एउटा सेवाग्राहिको जान अन्जान आक्रोसको रुपमा लिएर यथासिघ्र हिरासत मुक्त गर्नुपर्दछ ।

यसबाट हामी सबैले सकारात्मक पाठ सिक्नु पर्छ र सुधार हुने अबसर ठान्नु पर्छ । आस्थाले नियोजित अपराध होइन भुल र आक्रोसमा अपशब्द बोलेको रुपमा लिनु पर्छ ।

यस्ता घटना धेरैका वास्तविक जीवनमा घटेका हुन्छन र कैयन सार्वजनिक हुँदैनन । सिक्दै जाने क्रममा समाज पनि सुधार हुँदै जाने भएकोले यसलाई कानुनी र प्रशासनिक बिषय मात्रै बनाउनु हुँदैन ।’