Logo

धुर्मुस’को चलचित्र”सेन्टी भाइरस”को टेलर सार्वजनिक…(हेर्नुहोस् टेलर)

काठमाडौं – पछिल्लो समय कलाकारिता भन्दा समाजसेवामा सक्रिय हाँस्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण रहेको पहिलो फिल्म ‘सेन्टी भाइरस’को टेलर सार्वजनिक गरिएको छ । यस भन्दा पहिले पहिलो गीत ‘फनफनी’ सार्वजनिक गरिएको थियो ।

बुधबार राजधानीको विग मुभिजमा आयोजित एक कार्यक्रम बीच टेलर सार्वजनिक गरिएको हो । ‘फनफनी गीतमा मेलिना राई र कालीप्रसाद बाँस्कोटाको स्वर, शंकर थापा स्माइलको संगीत रहेको छ । शब्द भने डिपी खनालले लेखेका हुन् ।

सिताराम र कुञ्जनासँगै दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेललगायत कलाकारको अलवा मोडल अञ्जली अधिकारीको समेत नृत्य देख्न सकिन्छ । गीतमा शंकर विसीको कोरियोग्राफी रहेको छ ।

सुबिहानी फिल्मस् प्रालिको ब्यानरमा निर्मित यस फिल्ममा शंकरसँगै राजनराज शिवाकोटी र कालिप्रसाद बाँस्कोटाको समेत संगीत समेटिएको छ । २ करोडको लागतमा बनेको फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । हेर्नुहोस् टेलर

प्रतिक्रिया दिनुहोस्