गत मंसिर २४ गते माईत जान्छु भनेर हिडेकी प्रमिला परिवारको सम्पर्कमा नआएपछी उनका श्रीमान सन्तोष सुनारले पत्रकार सम्मेलन गरेका थिए । विदेशमा रहेका श्रीमान सँग माईत जाने अघिल्लो दिनसम्म पनि राम्रो कुराकानी भएको र त्यसपछी फोन सम्पर्क समेत हुन नसकेको प्रमिलाका श्रीमान सन्तोष सुनारले बताएका थिए । करिब सात लाख रुपैयाँ, गरगहना, नागरिकता, चेक बुक समेत बोकेर हिडेकी प्रमिलालाई खोजिदिन आग्रह गरेका उनका श्रीमान सन्तोष सुनारले अन्तत: मिडियाको सहयोगमा फेला पारे ।
सुरेश परियार नाम गरेका व्यक्तिसँग गएकी उनलाई त्यस्तो अवस्थामा देख्दा सन्तोष ढले । यस घटनालाई लिएर अनेक टिकाटिप्पणी आइरहेका छन् । यसै बीच सन्तोष आज फेरी अरब लागेको छ । उनलाई बिदाइ गर्न त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा लामै लाईन लागेको थियो । उनले जादा जादै सम्पूर्ण मिडियाकर्मी लगायत नेपालीहरुलाई सलाम समेत गरे । अबको बाकि जीवन आफ्नो छोराछोरीको साथमा बिताउने अठोट गर्दै उनि अरबको लागि बिदाई समेत भए । नेपाल छोड्नु अघि उनि संग गरिएको कुराकानी जस्ताका तेस्तै तलको भिडियोमा हेर्नुहोला ।
प्रतिक्रिया