नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र ओमानसँग हुन लागेको त्रिकोणात्मक क्रिकेटमा प्रतिविकेट आफूले ८ हजार ८४८ रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंशगालालाई सहयोग गर्ने घोषणा गरेका छन्। आगमी फेब्रुुअरी २ देखि १२ सम्म नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक क्रिकेट हुँदैछ। जसमा नेपालले ४ खेल खेल्नेछ।
सन्दीपले प्रत्येक खेलमा जति विकेट लिन्छन् प्रतिविकेटको हिसाबले उनले ८ हजार ८४८ रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसन अन्तर्गत निर्माणाधीण गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा गरेका हुन्। उनले धुर्मुस र सुन्तलीको परियोजना चाँडै पुरा हुने ट्वीटमार्फत् विश्वास व्यक्त गरेका छन्।
I want Nepal cricket to be a force to reckon with. To invest in this dream, I will be donating 8,848 Rupees for every wicket I'd take in our games against USA & Oman, Feb 5 to 12.
Nepal's Gautam Buddha International cricket stadium will soon be a reality. #JaiNepal #MyDream pic.twitter.com/gaPQ4sWUjB
— Sandeep Lamichhane (@IamSandeep25) February 2, 2020
प्रतिक्रिया