Logo

अत्यन्त दु:खद खबर : इराकी प्रदर्शनमा ५३६ जनाको मृत्यु !

इराकको स्वतन्त्र मानव अधिकार आयोगले सरकार वि’रोधी प्र’दर्शनका क्रममा चार महिनाको अवधिमा ५३६ जनाको मृ’त्यु भएको जनाएको छ । सोमबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा हिं’सात्मक प्रदर्शनमा २३ हजार ५४५ जना घा’इते भएका छन् । मृ’त्यु भएकाहरुमा ५१९ जना सर्वसाधारण र १७ जना सुरक्षाकर्मी रहेका छन् । आयोगका अनुसार घा’इते भएकामध्ये २० हजार २६ जना प्र’दर्शनकारी र ३ हजार ५१९ जना सुरक्षाकर्मी रहेका छन् ।

आयोगका सदस्य अलि अल–बैयातीले गत वर्ष अक्टोबरदेखि जनवरी ३० को चार महिनाको अवधिमा २ हजार ७१३ जनालाई सुरक्षाकर्मीले गि’रफ्तार गरेको बताएका छन् । प’क्राउ परेकामध्ये हाल ३२८ जना थु’नामा रहेका र बाँकीलाई मुक्त गरिएको सरकारले जनाएको छ । सरकारको वि’रोधमा राजधानी बग्दाद र अरु शहरमा गत वर्ष सन् २०१९ को अक्टोबरदेखि व्यापक प्र’दर्शन जारी रहेको छ । प्र’दर्शनकारीहरुले शासनमा व्यापक सुधार गर्नुपर्ने, भ्र’ष्टाचार अन्त्य गर्नुपर्ने तथा रोजगारी सिर्जना गर्नुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्