जेरीले गरिन बिवाह ! बिबाहमा मण्डपमै दुवै दोहोरी हानाहान भएपछि बुवाआमा हाँसेर मुर्छा (भिडियो सहित)


लोक दोहोरी गायिक बबिता बानियाँ जेरी विवाह बन्धनमा बाँधिएकी छन् । दोहोरी गीतमा ट्वाक्क जवाफ फर्काउन माहिर उनी जेरीकै नामले चर्चित छन् । खासगरी एविसी टेलिभिजनमा प्रसारित कार्यक्रम इन्द्रेणीमा उनले गायका दोहोरी निकैले मन पराएका छन् । अहिले सम्म दोहोरीमा कसैसंग नहारेकी जेरीले आफ्नो लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरेकी हुन् । जेरी एउटा अबल गायिका हुन् ।

विवाहको मण्डपमा वेहुली भेषमा सजिएकी जेरीले आफूलाई पराजित गर्न सक्नले मात्र दोहोरी खेल्न आउनु भनेकी छन् । विवाहको मण्डपमै उनले आफ्ना श्रीमानसंग पनि दोहोरी गाइन् ।

दोहोरी गाउंदा गाउँदै प्रेम भएको र सोही प्रेमलाई विवाहमा परिणत गरिएको चर्चा गरिएको छ । जेरीले शंकर क्षेत्रीसंगको आफ्नो प्रेमलाई विवाहमा परिणत गरेकी हुन् । दुवै जना दोहोरी गायक भएका कारण उनीहरुको विवाहमा पनि रमाइलो माहोल थियो ।

विवाह मण्डपमै उनीहरु दोहोरी गाउन कस्सिएका थिए । शंकर क्षेत्री मोडल, गायक तथा कलाकार हुन् । वाजा वजाएर गरिएको विवाहमा जेरी र शंकरका आफन्तको सहभागीता थियो । यस अघि पनि विभिन्न सार्वजनिक कार्यक्रममा संगै देखिएका जेरी र शंकरले आफुहरुको सम्बन्धलाई त्यसरी वाहिर भने खुलाएका थिएनन् ।