Logo

कोरियामा छु भनेर के धाक लाउनु ! ‘बोलीपिच्छे फिलिपिनी, भियतनामीलाई भन्दा नेपाली लाई दुर्व्यवहार हुन्छ ।

बोलीपिच्छे गाली खाइन्छ, लात नहान भनेर झगडा गर्नुपर्छ’छिटो र मागअनुसार उत्पादन बढाउन सकेन भने नेपाली कामदारमाथि दुर्व्यवहार पनि त्यत्तिकै हुने गरेको छ । खासगरी सुपरभाइजर ले गाली गर्छन् ।

‘काम गरिरहेका बेला पछाडिबाट लात हान्दै आउँछ, किन लात लगाएको भन्दा तँ मभन्दा ठूलो मान्छे होस् र भन्छ,’ सिन्धुलीका परियारले भने, ‘लात नलगा भनेर झगडा गर्नुपर्छ ।’

इन्चनमा ४ वर्ष ५ महिना काम गरिसकेका सोलुखुम्बुका पूर्ण राईले भने, ‘आरामले गर्दा एक मिनेट लाग्ने कामलाई २० सेकेन्डमा सक्न लगाउँछन् । फेरि त्यो काम एकदमै राम्रो हुनुपर्छ ।

परियारका अनुसार फिलिपिनी, भियतनामीलाई भन्दा नेपालीलाई फरक व्यवहार हुन्छ ।
‘फिलिपिनीलाई केही अपशब्द बोल्यो भने तुरुन्तै

’मन बिझाउने गाली सुन्न नसकेपछि सुपरभाइजरदेखि कम्पनी मालिकसँग झगडासमेत हुन्छ । ‘हामी निकै सहनशील हौँ । सकेसम्म सहेरै बस्छौं । अति भएपछि मात्रै प्रतिवाद गर्ने हो,’ परियारले भने, ‘कहिले तेरो देशमा प्याज हुँदैन, ल प्याज हेर् भन्दै आउँछ ।

कहिले यो खुर्सानी हो । ‘हामीमाथि पिटपाट हुँदा कि मुखबाट रगत आउनुपर्छ कि देखिने प्रमाण चाहिन्छ,’ उनले भने ।एक्लो नेपाली भएको कम्पनीमा झन् बढी हेपिन्छ ।

प्रतिक्रिया दिनुहोस्