दु’र्घटनामा ज्या’न गु’माएकी नायिका महिमाका भाईको सबैलाई रुवाउने बोलि ! ‘दुबई जान दिएको भए दिदीहरुको दु’र्घटना हुने थिएन’…..(भिडियो सहित)


नायिका महिमा सिलवाल एक कार्यक्रममा भाग लिन गत मंगलबार दुबई जाँदै थिइन् तर, विमानस्थलबाटै फर्किनु पर्‍यो। कारण थियो, अ’ध्यागमन कार्यालयले उनलाई कामका लागि जान लागेको हुनसक्ने भन्दै श्रम स्वीकृती बिना जान दिएन। भाइ सञ्जयका अनुसार उनी दुई दिनमै नेपाल फर्किएर शुक्रबार बहिनीको इन्गेजमेन्टमा सहभागी हुन चितवन पुग्ने कार्यक्रम थियो। तर, बुधबार बेलुका सवारी दु’र्घटनामा परेर महिमा र उनकी बहिनी शर्मिलाले सदाका लागि संसार छोडेका छन्। “दिदी हरु घर आउने बाटो कुरेका थियौँ तर, उहाँहरु कहिल्यै नआउने गरी जानुभयो।”

सञ्जयले भ’क्कानिँदै फोनमा भने। महिमा दुबई जान नपाएपछि उनी र बहिनी शर्मिला कान्छी बहिनी सविताको इन्गेजमेन्टमा सहभागी हुन बुधबार नै स्कुटरबाट भरतपुर महानगरपालिका–१२ स्थित घर जाँदै थिए। धादिङको गजुरी गाउँपालिका–२ चाम्बासमा महिमाले चलाएको स्कुटर र विपरीत दिशाबाट आएको बससँग ठो’क्किँदा दिदी–बहिनीले संसार छोडे। सञ्जयका अनुसार बुधबार बिहान मात्रै उनको दिदीहरुसँग कुरा हुँदा दुबै जनाले त्यस दिन घर नआउने बताएका थिए। तर, दिउँसो फेरि फोन गरेर स्कुटरमा आउँदैछौँ भन्ने खबर गरे।

“जेठी दिदी दुबई जान पाएको भए वा बिहान भनेजस्तै काठमाडौँबाट नहिँडेको भए यस्तो घ’टना हुन्थेन होला,” सञ्जयले भने। महिमाले ग’जुरी पुगेपछि बुवा लिलाबहादुरलाई फोन गरेर आफूहरु घर आउँदै गरेको खबर दिएकी थिइन्।

तर, त्यसको करिब पाँच मिनेटमै दु’र्घटना भयो। बुवासँग भएको त्यही कुराकानी नै घरपरिवारसँग भएको महिमाको अ’न्तिम बोली बन्यो। २०५९ सालमै आमा गुमाएपछि घरकी जेठी छोरी महिमाले तीन भाई बहिनीको रे’खदेख गर्दै आएकी थिइन्। उनका अर्का भाई अष्ट्रेलियामा भएको हुँदा महिमाले कान्छी बहिनीको बिहेपछि आफू अधिकांश समय गाउँमै बस्ने आ’श्वासन भाइ संजयलाई दिएकी थिइन्।

“सानैमा आमा गु’माउँदा टुहुरो भएको थिएँ तर, माया गर्ने दिदीहरु हुनुहुन्थ्यो,” सञ्जयले भने, “अहिले त एकैपटक दुबै दिदी गु’माउनु पर्‍यो।” बुधबार साँझ पौने ६ बजेतिर महिमाले चलाएको बा९८प ७०५८ नम्बरको स्कुटरलाई भैरहवाबाट काठमाडौं आइरहेको लु २ ख १३५ नम्बरको बसले ठ’क्कर दिएको थियो। ग’म्भीर घा’ईते महिमाको गजुरी स्वास्थ्य केन्द्रमा र शर्मिलाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा मृ’त्यु भएको हो। प्रहरीका अनुसार स्कुटर र बस घुम्तीमा एकआपसमा ठो’क्किएका थिए। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।